Posts

Showing posts from July 26, 2016

नारायणीकाे बाढीले नाध्याे खतराकाे सूचक, खतराकाे साइरन बजाइयाे, सामान जाेगाउन स्थानीयमा भागदाैड

Image
साउन ११ गते आज मंगलवार विहानैदेखि लागातार रुपमा बढन थालेको बाढीका कारण नारायणी नदी छेउछाउका स्थानीय बासीन्दाहरुमा त्रास फैलिएको छ । बासीन्दा त्रसित भएका छन भने आ आफना सरसामान जोगाउन लागि दोडधुप मच्चिएको छ । खतरा स्तर नाधेकाले नदी तटमा लगाईएका खतराका साईरनहरु बजाईएका छन् । जलस्तर मापन केन्द्र देवघाटले दिएको जानकारी अनुसार दिउसो १ बजेर २० मिनेट जांदा नदीलमा ८ मीटर ४७ सेमी पानीको बहाव पुगेकाे जनाएको छ । जलस्तर ८ मीटर ४० सेमी लाई जलस्तर मापन केन्द्रले खतराकाे सूचक मानेको छ । आज विहान ८ बजेको समयमा ६ मीटर ७३ सेमी मापन गरिएको जलस्तर १० बजेका समयमा ७ मीटर ३५ सेमी रेकर्ड गरिएको थियो । पोखरा लगायतका पहाडी भूभागमा राती परेको अबिरल वर्षाका कारण बढीरहेको नारायणी नदीको पानीको बहाव अभै बढन सक्ने चेतावनी दिईन थालेपछि नदी छरछिमेकका बासीन्दा त्रसित बनेको स्थानीयहरुले बताएका छन् । प्रशासनले सुरक्षित स्थलमा जान सूचना गरेकाे छ । नारायणी तटमा रहेका त्रिवेणी सुस्ता गाविसको वडा नं. ४ सुस्ता लगायत अन्य वडाहरु पनि नारायणीको उच्च जोखिममा छन् । त्यस्तै कुडिया, नरसही, पकलिहवा गाविस पनि नारायणी नदीको चपेटामा