नारायणीकाे बाढीले नाध्याे खतराकाे सूचक, खतराकाे साइरन बजाइयाे, सामान जाेगाउन स्थानीयमा भागदाैड

साउन ११ गते आज मंगलवार विहानैदेखि लागातार रुपमा बढन थालेको बाढीका कारण नारायणी नदी छेउछाउका स्थानीय बासीन्दाहरुमा त्रास फैलिएको छ । बासीन्दा त्रसित भएका छन भने आ आफना सरसामान जोगाउन लागि दोडधुप मच्चिएको छ ।
खतरा स्तर नाधेकाले नदी तटमा लगाईएका खतराका साईरनहरु बजाईएका छन् । जलस्तर मापन केन्द्र देवघाटले दिएको जानकारी अनुसार दिउसो १ बजेर २० मिनेट जांदा नदीलमा ८ मीटर ४७ सेमी पानीको बहाव पुगेकाे जनाएको छ । जलस्तर ८ मीटर ४० सेमी लाई जलस्तर मापन केन्द्रले खतराकाे सूचक मानेको छ ।
आज विहान ८ बजेको समयमा ६ मीटर ७३ सेमी मापन गरिएको जलस्तर १० बजेका समयमा ७ मीटर ३५ सेमी रेकर्ड गरिएको थियो ।
पोखरा लगायतका पहाडी भूभागमा राती परेको अबिरल वर्षाका कारण बढीरहेको नारायणी नदीको पानीको बहाव अभै बढन सक्ने चेतावनी दिईन थालेपछि नदी छरछिमेकका बासीन्दा त्रसित बनेको स्थानीयहरुले बताएका छन् । प्रशासनले सुरक्षित स्थलमा जान सूचना गरेकाे छ ।
नारायणी तटमा रहेका त्रिवेणी सुस्ता गाविसको वडा नं. ४ सुस्ता लगायत अन्य वडाहरु पनि नारायणीको उच्च जोखिममा छन् । त्यस्तै कुडिया, नरसही, पकलिहवा गाविस पनि नारायणी नदीको चपेटामा रहेका छन् ।
नारायणी नदीको बटानको प्रत्यक्ष चपेटामा रहेको ए गैप बांध र बी गैप बांधमा नदी कटानको खतरा बढेको छ । बी गैप बांधको १३ नं. ठोकरमा विगत एक हप्तादेखि भैरहेको निरन्तर कटान रोकिएको छैन भने सो ठोकर उच्च जोखिममा परेको छ ।
भारतीय पक्षले कटान नियन्त्रणका लागि मर्मत कार्यकमा तिब्रता ल्याएपनि कटान नियन्त्रण गर्न नसकिएपछि छिमेकी गाउमा चिन्ता व्याप्त छ । ठोकर नं. १३ को कटान अबिलम्ब नियन्त्रण गर्न नसके गण्डक क्षेत्रको १३ वटा गाविसहरु पुर्ण रुपमा डुबानमा पर्न सक्ने बताइएको छ । जसले लाखौं व्यक्ति प्रभावित हुने प्राविधिकहरुले बताएका छन् ।
नरसही, पकलिहवा र कुडिया गाविसका अधिंकाश जनता आफना घरमा बहुमूल्य सामान आफन्तको घरमा अन्यत्र सार्दैछन् । नदीमा आएको बाढीले नारायणी तटमा रहेको जिल्ला नवलपरासीको धेरै भूभागलाई छुने गरेकाले नदी तटमा बसोबास गरेका जनजीवन प्रभावित हुने भन्दै खतराको साइरन बजाईएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले, नदीको तटीय क्षेत्रमा खतराको सूचक साईरन बजाईएको बताउनु भएको छ, सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । सुरक्षाको सरकारी प्रयास जारी रहेको जानकारी गराउनु भएको हो ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day