Posts

Showing posts from October 11, 2013

संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०

स्वीकृत मिति २०७०।३।२६ संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७० प्रस्तावनाः स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सरोकारवालाहरुसँग परामर्श गरी देहायको आचार संहिता बनाएको छ । परिच्छेद —१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस आचार संहिताको नाम “संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०” रहेको छ । (२) यो आचार संहिता सम्वत् २०७० साल श्रावण ७ गते देखि प्रारम्भ हुने छ । २. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस आचार संहितामा,– (क) “निर्वाचन” भन्नाले सम्वत् २०७० साल मंङ्सिर ४ गते सम्पन्न हुने संविधान सभा सदस्यको निर्वाचन सम्झनु पर्छ । (ख) “आयोग” भन्नाले निर्वाचन आयोग सम्झनुपर्छ । ३. आचार संहिता लागू हुने निकाय, अधिकारी, संस्था, र व्यक्तिः यो आचार संहिता देहायका निकाय, अधिकारी, संस्था र व्यक्तिलाई लागू हुनेछः– (क) राजनीतिक दल र उम्मेदवार, (ख) राजनीत