Posts

Showing posts from September 3, 2015

हामी वार्ता विरोधी होईनौं तर भैसकेको सहमतिका लागि फेरी वार्ताको कुनै तुक छैन

Image
विगतमा भएको सहमतिका आधारमा बनेको अन्तरिम संविधानको घारा १३८ को १ (क) मा स्वायत्त मधेश प्रदेश रहने व्यवस्था गरिए अनुरुप  नयां बन्ने संविधानमा व्यवस्था नगर्नु मधेशसंगको बेइमानी हो । वृजराज कुशवाहा, नवलपरासी मधेश पहाड मिलाउने काम अप्राकृतिक हो र मधेशी पहाडी छुटाउने काम पनि अप्राकृतिक हो भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जसले यो काम गरेको छ, उसले देशमा सामाजिक सद्भाव बिगार्ने काम गरेको बताउनुभएको छ । मधेशी पहाडीको सदभाव बिगार्नका लागि आतुर रहेका शासकहरुद्धारा अहिले टिकापुर र भैरहवामा सदभाव र्याली गराईएको छ । सदभाव र्यालीको नाममा देशमा अहिले सामाजिक सद्भाव बिगार्ने काम गरिएको छ, त्यसैले हाम्रो माग हो, प्रदेश बनाउंदा मधेशी पहाडीलाई संगसंगै बस्न दिनुपर्छ र मधेशको भूमिलाई पहाडसंग गाभिनु हुदैन । तर नेकपा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, कृष्ण प्रसाद सिटौला र शेर बहादुर देउवा जस्ता केही अतिवादी चिन्तनका शासकहरुले मधेशवादीले उठाएको संघियताको मागले मधेशी पहाडी छुटाएको आरोप लगाउने गरी विक्रित संघियता थोपार्ने काम गरेको आरोप लगाए । नवलपरासीको परासीमा पत्रक