Posts

Showing posts from July 22, 2016

नवलपरासीमा जिल्ला कार्यालयहरू डुबानमा, नारायणीले ठोकर नं. १३ मा कटान तिब्र, ३०० ब्लक बगायो, दर्जनौं गाउं डुबानमा

Image
विगत एक हप्तादेखि भएको अबिरल वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र डुबानमा पर्यो । २०४६ साल पछिको दोश्रो ठुलो विनाशकारि बाढी मानिएको छ । जिल्लाका खहरे खोलाहरूमा जलस्तर बढेपछि जताततै क्षति पुगेको छ । प्रजिअको निवास झरही खोलामा अचानक अएको बाढीले जिल्लाको सदरमुकाम परासी बजार डुबानमा पर्यो भने नारायणी नदीमा बढेको पानीले ठोकर नं. १३ मा कटान तिब्र पार्यो । त्यसैगरी बेनिमणिपुर ६ को कोल्टानी , बैरेनी , खयरघारी गाउँ डुबानमा परेको छ । जिप्रका नवलपरासी कार्यालय गए राति ११ बजे देखि परेको अविरल वर्षाले गर्दा परासीको बुद्धचोक , मालटोल, इमलिटोल, संगम टोल, शान्ति टोल, लोकतान्त्रिक चोक र उद्योग बाणिज्य संघ समेत डुबानमा परेको छ । सहुवाटिकर , इमलिटोल र केरवानि झरही खोलाका कारण उच्च जोखिममा रहेका छन । राजमार्गमाथिबाट बग्दै गरेकाे पानी र ट्रक परासी आसपासका दर्जनौं गाउंमा समेत बाढीको पानी पसेको छ । जिल्लाको सुनवलमा घर डुबानमा परेका छन् , बर्दघाट क्षेत्रका साथै मनरी, पचगांवा , चनरगढिया , देउरवा , उजैनी र बेलासपुर लगायतका दर्जनौं गाउ डुबानमा परेका प्रमुख जिल्ला अधिकारी पन्थीले बताएका छ