Posts

Showing posts from October 14, 2013
वर्षदिनको लामो पर्खाईपछि बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्ने दिन आज . विजयादशमी 070 सबैका लागि शुभ बनोस्, देशका लागि पनि .......
नवलपरासी जिल्लाका ६ निर्वाचन क्षेत्र वाट उम्मेदवारी दिएका ३७ जना स्वतन्त्र उम्मेदवारलाई  आज चुनाव चिन्ह प्रदान गरिएकोछ । निर्वाचन आयोगले तोकेको ४२ वटा चिन्ह मध्ये रोज्न लगाएर उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । स्वतन्त्र उम्मदवार वाट चुनाव चिन्ह लिने तिन जना नेपाली काग्रेसका वागी उम्मेदवारले भने एउटै चुनाव चिन्ह रोजेका छन् । जस अन्र्तगत क्षेत्रनं ४ वाट काग्रेस वागी उम्मदेवार गुणनिधि तिवारी, क्षेत्रनं ५ का राद्येश्याम पाठक र क्षेत्रनं ६ का बागी उम्मेदवार दिनानाथ कोईरालाले काईयो चुनाव चिन्ह रोज्नु भएकोछ । यसैबिच स्वतन्त्र वाट सवैभन्दा बढि क्षेत्रनं  ५ वाट १४ जनाले उम्मेदवारी दिएकाछन् भने सवैभन्द कम क्षेत्रनं १  वाट एक जना को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । चुनाव चिन्ह लिनेमा क्षेत्रनं २ वाट तिन जना रहेकाछन् । जसमा चिरञ्जीवि जि.सी.को इनार, डासिराम वस्यालको अर्नाभैसी र राजकुमार श्रेष्ठको प्रेस रहेकोछ । त्यस्तै क्षेत्रनं ३ वाट ३ जनाले स्वतन्त्रको चुनाव चिन्ह पाएकाछन् जसमा गणेश प्रसाद अधिकारीको स्कुटर, प्रज्ञा मल्लको इनार र  चित्र घर्ति मगरको जातो रहेकोछ ।