Posts

Showing posts from August 28, 2020

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी

Image
उमेश बि.क नवलपरासी, १२ भदौ । काेरोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले नेपाल रेडक्रस साेसाईटी बालपुरी शाखा सरावलकाे अध्यक्ष प्रदिप अग्रहरीले निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं भनेर अाग्रह गर्नु भएको छ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) समुदाय स्तरमा अाइसकेकाे हुनाले यसबाट बच्न हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे। नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै नवलपरासीका सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । नवलपरासीको साताैँ स्थानीय तहले गरिबीका रेखामुनि रहेका जनतालाई अबिलम्ब राहत दिनु जरुरी रहेको बताउदै ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि जाे रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज ल्याउन जनप्रतिनिधिलाई अाग्रह गर्नुभएको हाे । यश बिपतकाे घडीमा हामी सम्पूर्ण समाजसेवी ,समाजिक अ

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Image
सहबान अन्सारी नवलपरासी, १२ भदौ । नवलपरासीमा बिभिन्न ठाउँबाट नदिजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ स्थित झरही खोलामा अबैधरुपमा नदिजन्य पदार्थ मिस्कट,बालुवा उत्खनन गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका स्थित वडा नं. १२ तुरिया खोलाबाट अबैधरुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी रामग्राम नगरपालिकाको कार्यालय बुझाएको छ । त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ पिपरहिया स्थित झरही खोलाबाट अबैधरुपमा उत्खनन गरी निस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा ५ वटा ट्याक्टर लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको ट्याक्टरलाई सिमा प्रहरी चौकी महेशपुर,ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागी पाल्हिन्दन गाउँपालिक

जिल्ला प्रशासनकाे निषेधाज्ञाका बावजुद तस्करी कायमै

Image
वृजराज कुशवाहा, १२ भदाै नवलपरासी । हरियाे मटर (केराउ) काे तस्करी अनियन्त्रित बन्दै गएपछि  नवलपरासी पश्चिमकाे सुरक्षा समितिकाे बैठककाे निर्णयले जिल्ला भित्र समेत मटरकाे अाेसार पसारमा राेक लगाए पनि तस्करी निर्वाध रूपमा चलिरहेकाे छ ।  जनसंख्याकाे अाधारमा जिल्लामा खपत हुनसक्ने परिमाण भन्दा धेरै बढि मात्रामा मटर भित्रिएर भारततर्फ तस्करी भैरहेकाे कारण देखाइ जिल्ला प्रशासन नवलपरासी पश्चिमले ०७७ भदाै ८ मा सूचना प्रकाशन गरि  मटर/केराउ ( हरियाे/सेताे ), छाेहडा र मरिचकाे अाेसारपसार तथा ढुवानीमा अर्काे अादेश नभएसम्मका लागि पुर्ण प्रतिबन्ध लगायाे । प्रशासनले राेक लगाएपनि तस्करी राेकिएन । तस्करहरूले भारततर्फ गर्दै अाएकाे अवैध निकासीमा कुनै अवराेध पुगेकाे छैन । सीमावर्ती प्रहरी माैन छ । तस्करीहरू राती मात्रै हाेइन दिउंसै पनि मालसामान अाेसारेका छन् । जिल्लाकाे सीमावर्ती गाउंकाे बाटाे, गाेरेटाे गाेरेटाे बाटाे तथा खेतबारीकाे बाटाे प्रयाेग गरि चाैबिसै घण्टा मटरकाे तस्करी भैरहेकाेले निद्रा भरि सुत्न नपाइ अाजित भएका स्थानीयवासीकाे गुनासाे छ । स्थानीयवासी भन्छन्, दिउसाेकाे समयमा पिकअप, टेक्टर तथा माेटरसाइकल