Posts

Showing posts from November 1, 2012

दुर्घटनामा परेका एक व्यक्तिको नवलपरासीमा मृत्यु

नवलपरासीमा विहिवार सांझ भएको सवारी दुघर्टनामा परी एक व्यक्तिको ज्यान गएको छ । मलामी गएको लु १ ख ५७५६ नं. को बस फर्कने क्रममा त्रिवेणीसुस्ता गाविस ६ स्थित गंडक नहरमा साढे ६ बजेको समयमा विपरित दिशाबाट अाउदै गरेका स्थानीय ६० वर्षीय मन बहादुर कार्कीलाइ ठक्कर दिदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक फरार भएको तथा बस रानीनगरमा स्थानीयवासीले नियन्त्रणमा लिएको बताइएको छ ।

यौन सम्बन्ध राखी काकीको हत्या गरेको आरोपमा पक्राउ

नवलपरासी, कातिक १६ - ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गैंडाकोट ७ सित्तलनगरमा कार्तिक ८ गते राति २३ बर्षीय सुरेश कुमालले आफ्नै  हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।  २८ बर्षीय काकी देवी कुमालसंग यौन सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेपछि सुरेशले हजुरआमाको मुख थुनेर घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ । हजुरआमा भुईमा ढलेपछि उसले काकी देवी कुमाल चिच्याउन लाग्दा  मुख र घाँटी थिचेर दुवै जनाको हत्या गरेको  प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।   दशैंको टिकाको दिन काकी र हजुरआमाको हत्या गरेर फरार रहेका सुरेशलाई बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सुरेश बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिन मात्र भएको थियो । सुरेशले यसभन्दा अगाडि पनि डर देखाएर  काकीसंग यौन सम्बन्ध राख्दै आएको वयान दिएका प