Posts

Showing posts from June 14, 2017

नवलपरासीमा स्थानिय तह निर्वाचनः कतै चुनावी चहलपहल, कतै राजपाको आन्दोलन

वृजराज कुशवाहा, नवलपरासी जेष्ठ ३१ । नवलपरासीको २ स्थानिय तहमा चुनावी चहलपहल बढेको छ भने ५ वटा स्थानिय तहमा राजपा आवद्ध आन्दोलित दलहरु विभिन्न चरणबद्ध संघर्षका साथ सडकमा उत्रेका छन् । राजपाको बन्द आह्वानका कारण उम्मेदवारहरुले आफनो चुनावी प्रचार प्रसार लिएर घरदैलोमा जान सकेका छैनन् । जसले सुनवल र बर्दघाट नगरपालिकामा मात्र चुनावी चहलपहल छ भने जिल्लाको अन्य ५ वटा स्थानीय तहमा आन्दोलन व्याप्त छ । यसमा जिल्लाको सदरमुकाममै रहेको नगरपालिका रामग्राममा समेत प्रचार प्रसार हुन पाएको छैन । प्रचारप्रसार हुन नपाउने क्षेत्र रामग्राम नगरपालिका, पाल्हीनन्दन गाँउपालिका, सरावल गाँउपालिका, प्रतापपुर गाँउपालिका र सुस्ता गाँउपालिकामा चुनावको रौनक शुन्य छ । राजपाले आह्वान गरेको ४ दिने बन्द को अवधिमा प्रचार प्रसार नगर्ने उर्दी जारी गरेको छ । झण्डा र व्यानरका साथै प्रचारको गाडी समेत चल्न दिएको छैन । झण्डा बोकेकै कारण परासीमा नेकपा एमालेको एक मोटरसाइकलमा तोडफोड गरिएको छ । सदरमुकाम परासी रामग्राम नगरपालिका र अन्य ४ तह आन्दोलनरत राजपा नेपाल तथा मोर्चाले यहाँ कुनै पनि पार्टिहरुलाई निर्वाचनमा भाग लिन