Posts

Showing posts from January 26, 2013

प्रचण्डले ! 'हेग जाने डरले भिक्षु बन्छन्, या जनताबाट मारिन्छन्' या आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् ।

Image
क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ । माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्‍याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’ जनयुद्धकालीन महत्वपूर्ण सूचना समेटिएको रोकायाको पुस्तकमा प्रचण्डको पाँचौं विकल्पचाहिँ अवसानसँग नभई ‘उत्थान’सँग सम्बन्धित छ । उहाँको पाँचौं विकल्पबारे भनिएको छ- ‘पुनः रुपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिकारीलाई अघि बढाउन सक्छन् ।’ पत्रकार रोकायाको ३४० पृष्ठ बाक्लो पुस्तकमा एमाओवादी अध्यक्ष प्रचण्डका सम्बन्धमा केही रोचक ऐतिहासिक तथ्यहरुको समेत

स्वस्थानीका असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचना

स्वस्थानी कथामा भएका कतिपय विषय अमिल्दा , असान्दर्भिक एवं महिलामाथि विभेद निम्त्याउनेखालका छन् । स्वस्थानीमा भएका कतिपय असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचनासमेत हुने गरेको छ । स्वस्थानी कथामा यस्तो पनि भेटिन्छ · दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस करोड छोरी जन्माएको भन्ने कुरा उल्लेख छ । एउटी नारीले यति धेरै सन्तान जन्माउन सक्छिन् ? · मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा स्वस्थानीमा उल्लेख छ । यसरी मान्छे जन्मने भए निःसन्तान दम्पत्तिले मयल र गोबर कति खेलाउँथे होला ? · अग्निले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहृयो रे । वीर्य बलेको र तापेको तपार्इ हामीले देखेका छौं त ? · शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएका , पछि पार्वतीले बिलौना गरेपछि हात्तीको टाउको जोडेर जीवित तुल्याएका । महाकाली र वीरभद्रले दक्षप्रजापतिको टाउको काटेर होम गरेको , पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँत्याएको कुरा कतिसम्म साँचो होला ? चिकित्सा विज्ञानमा बल्लतल्ल अंगप्रत्यारोपण सफल हुन थालेको बेला ऊबेलाको युगमा यस्तो हुन्थ्यो भ