Posts

Showing posts from January 9, 2016

“मधेश राजनीतिक उच्चस्तरीय संयन्त्र” गठन गर्न डा. सी के राउतको प्रस्ताव (प्रस्तावसहित)

काठमाडौं, २५ पुस । तराई–मधेशलाई छुट्टै राष्ट्र बनाउने अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले ‘मधेश राजनीतिक उच्चस्तरीय संयन्त्र’ गठनका लागि प्रस्ताव सार्वजनिक गरेका छन् । उनले मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका नाममा खोलिएको राजनीतिक दलका अध्यक्षहरुलाई सो संयन्त्र गठनका लागि अपील गरेका छन् । डा. राउतले संघीयले मधेश÷तराईको औपनिवेशिक समस्याको समाधान गर्न नसक्ने दाबी गर्दै एक मधेश एक प्रदेश लागू हुँदा पनि मधेशीहरुको आधारभूत समस्याको समाधान गर्न नसक्ने प्रस्तावमा उल्लेख गरेका छन् । उनले मधेश समस्या समाधानका लागि स्वतन्त्र मधेश स्थापित गर्नु नै पर्ने दाबी गरेका छन् । उनले साढे चार महिनादेखि अधिकारका लागि तराई–मधेशमा भइरहेको आन्दोलनलाई शासक वर्गले नजरअन्दाज गर्दै आएको प्रस्तावमा उल्लेख गरेका छन् । स्वतन्त्रताबाहेक अन्य कुनै विकल्प नरहेको ठोकुवासमेत गरेका छन् । डा. राउतले तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, रामसपा अध्यक्ष शरत्सिंह भण्डारी, तमसपा अध्यक्ष महेन्द्र यादव, नेसपा अध्यक्