Posts

Showing posts from September 6, 2015

संविधान विधेयकमा सँशाेधनकाे अाेइराे । के हाेला ?

सरकारको नेतृत्वसमेत गरेको कांग्रेसमा पार्टी निर्णयविपरीत संविधानसभामा पेस भएको संविधान विधेयकमा विरोध र असन्तुष्टि बढ्दै गएको छ। मधेसी , थारू , जनजाति र दलितले विधेयक दर्ता भएदेखि नै पार्टीभित्र राख्दै आएको असन्तुष्टिको सम्बोधन नभएपछि आफैं संशोधन पेस गरेका हुन्।     नेता अर्जुननरसिंह केसीले पनि संविधान विधेयकको केही प्रावधानमा गम्भीर असन्तुष्टि राख्दै संशोधन प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार केन्द्रीय सदस्य शेखर कोइरालाले संशोधन प्रस्ताव दर्ता गरेका थिए। अब संविधान निर्माणको समेत नेतृत्व गरेको कांग्रेसमा संविधानको विवाद मिलाउन सबैभन्दा गाह्रो हुने भएको छ।     उसले पार्टीभित्र बढ्दै गएको असन्तुष्टि सम्बोधन गर्ने प्रयाससमेत गरेको छैन। केन्द्रीय सदस्य कोइरालाले दर्ता गरेको संशोधनमा धर्म निरपेक्षता हटाउनुपर्ने माग गरिएको छ।   केसीले एक दर्जन बढी मुद्दामा आफ्नो संशोधन दर्ता गराएका हुन् । उनले धर्म निरपेक्षताका साटो बहुधार्मिक वा सर्वधर्म समभाव राख्नुपर्ने , संसदीय व्यवस्थाको शासकीय स्वरुपमा प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिने प्रावधान समेत परिवर्तन हुनुपर्ने उल्लेख