Posts

Showing posts from April 11, 2013

पवित्र धार्मिक स्थल त्रिवेणीमा बसेको महासमिति बैठकबाट कांग्रेसले के ल्यायो ? के पायो ? राजनीतिक टिप्पणी

Image
२९ चैत, काठमाडौं । नेपाली कांग्रेस नवलपरासीको त्रिवेणीघाटबाट पुनः राष्ट्रिय राजनीतिको खेलमैदान काठमाडौं फर्किएको छ । राज्य पुनसंरचनाको खाका कोर्न नसकेको कांग्रेसले फेरि पनि यो गलगाँड साथैमा बोकेर ल्याएको छ । महासमितिको बैठक सकिएपछि अबका केही दिन कांग्रेसको यो बैठक सफल भयो या असफल भन्नेबारे नेपाली राजनीतिमा अवश्यै समीक्षा हुनेछ । व्यवस्थापकीय हिसावले भेलामा खान र राम्रोगरी सुत्न नपाएका कार्यकर्ताहरुले निकै ठूलो गुनासो गरेको सुनियो । कतिपयले त सुशील कोइरालालाई असफल गराउन नवलपरासीमा बैठक राखिएको आरोप पनि लगाएका छन् । हुन पनि किनेर खान खोज्दासमेत निकै टाढा जानुपर्ने ठाउँमा बन्दशत्र राखिनु त्यति व्यवहारिक देखिएन । तराईमा गर्मी बढिसकेको छ र मच्छडले समेत चर्कै दुःख दिन थालेको छ भन्ने कुराको कांग्रेस नेताहरुले ख्याल गरेका भए यो बैठक या त एकमहिना अघि नै गर्ने थिए, या रसुवातिरको चिसो ठाउँमा आयोजना गर्ने थिए । राजनीतिमा खाने र सुत्ने विषय भन्दा विचार र नीति ठूलो कुरा मानिए पनि महाधिवेशनको तीनवर्षपछि आयोजना गरिएको बैठक नीति निर्माताहरुका लागि सहज र सुविधाजनक हुनै पर्ने थियो । त्यसैले एमाओवादीले

नवलपरासी घोषणापत्र जारी गर्दै काँग्रेस महासमितिको बैठक आज सकिदै

वृजराज कुशवाहा नवलपरासी (त्रिवेणी गजेन्द्रमोक्षधाम)  नेपाली कांग्रेसको नवलपरासीको त्रिवेणीमा भईरहेको महासमिति बैठकको चौथो दिन आज  विहान ८ बजे शुरु भएको छ । बैठक आज ११ बजे समापन हुने जनाईएको छ । बैठकमा दोश्रो दिन पेश भएका राजनीतिक प्रतिवेदन, पार्टीको बिधान संक्षिप्त संशोधनको प्रस्ताव, महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल तथा प्रतिनिधिहरुले बोल्ने क्रम हिजो सकिएको छ । दोश्रो दिनमा व्यवक्त्गित विचार राख्ने तथाने तथा तश्रो दिनमा अञ्चल स्तरिय समुह बनाई छलफल भएर १४ वटै अञ्चलबाट एक जना प्रतिनिधिले प्रतिवेदन पेश गर्ने काम भएको थियो । प्रसतावका रुपमा पेश गरिएका ती प्रतिवेदनहरुमा परिमार्जन सहित आज पारित गरिने कार्यक्रम रहेको केन्द्रिय सदस्य विमलेन्द्र निधिले जनाएका छन् । हिजोको बैठकमा शुभेच्छुक तथा केही भातृ संगठनहरुले पनि प्रतिवेदन बुझाएका थिए । आज ति प्रतिवेदनहरु पनि परिमार्जन सहित पारित गरिनेछन् । महासमितिको बैठकमा सदस्यहरुबाट आएका महत्वपुर्ण सुझावहरुपनि समेटिएर संशोधन गरिनेछन् ।  गजेन्द्रमोक्ष धामको आश्रमस्थलमा भइरहेको बैठकको दोश्रो दिनको कार्यक्रममा ५० जना स