Posts

Showing posts from July 11, 2013

यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता

Image
चुनाबमा जसले पोष्टर टाँस्छ, उसैले हटाउनुपर्ने यस्तो छ निर्वाचन आयोगको नयाँ आचार संहिता 3 २७ असार, काठमाडौं । अब हुने संविधानसभा चुनावमा अनर्गल भाषणबाजी र आपसी अविश्वास बढ्न नदिन निर्वाचन आयोगले नयाँ आचारसंहिता ल्याएको छ । आयोगले साउनको पहिलो हप्तादेखि लागू गर्ने आचारसंहितामा भाषण, वक्तव्य र अन्य यस्तै कुरामा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । चुनावी प्रचारमा ख्याल गर्नुपर्ने विषयहरु यस्ता छन् : · नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउनु हुदैन । · कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार-प्रसार गर्न वा गराउन हुँदैन । · कुनै राजनीतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको काममा मात्र सीमित रही गर्नु पर्नेछ ।