Posts

Showing posts from December 19, 2014

नवलपरासीमा हात्ती अातंक, २ घाइते

नवलपरासीको गूठी परसौनी क्षेत्रमा बुधवार देखिएको जंगली हात्ती नियन्त्रण नगरिंदा क्षति पुर्याउने क्रम बढेको छ । राष्ट्रिय निकुञ्ज चितवनको जंगलबाट आएको सो हात्तीले नरसही गाविस ९ गोकुलनगरमा ४५ वर्षीया अमरावती देवी गुप्तालाई आक्रमण गरी घाईते बनाएपछि स्थानीयवासीले दिनभरी गरेको नियन्त्रणको प्रयास असफल रह्यो । दिनभरी उंखुबारीमा लुकेर बसेको हात्ती गएराती बैदौली गाविसमा २ वटा घर भत्काएको छ भने विहिवार विहान साढे २ बजे गूठी परसौनी गाविस २ मा बैदौली ५ श्रीरामपूरका ४० वर्षे राजेन्द्र कोईरीलाई आक्रमण गरी घाईते बनाएको छ । कोईरी ईन्दिरा सुगर्स मिल गंगापुरको ड्यूटीबाट घरतर्फ जांदै गरेको अवस्थामा आक्रमण गरेको हात्तीलाई धपाएर स्थानीयवासीले उनको उद्धार गरेका थिए । गएराती बैदौली बसहीया गाउंमा पुगेको हात्ती विहानपख गूठी परसौनीको मोतीपूर गाउंमा देखा परेको स्थानीय जन्त्री केवटले जनाएका छन् । विगत २ दिनदेखि देखा परेको हात्तीको आतंकले किसानको खेतको काम ठप्प भएको छ भने गूठीपरसौनी, बैदौली र गूठी सुर्यपूरा क्षेत्रका स्थानीयवासीन्दा त्रसित बनेका छन् । नियन्त्रणका लागि मध्यवर्ती क्षेत्र कसराका वार्डेनले नवलपरासीमा