Posts

Showing posts from November 5, 2013

महाकवि देवकोटा: जीवनी

लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा हुनुहुन्थ्यो । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ , डिल्लीबजारमा भएको थियो । उहाँको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो । देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाँको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उहाँ भन्ने गर्नुहुन्थ्यो , म अंग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु । तर उहाँ आफैं जन्मेदखि नै रोगी हुनुहुन्थ्यो । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढ्नुभएको थियो । उहाँ सानैदेखि आफ्ना बुबाको कविता साफी गर्नुहुन्थ्यो । आफ्ना बुबाको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो । देवकोटालाई बुबाले पण्डित बनाउन खोज्नुभएको थियो । तर परिवारै त्यस विचारको विरोधम