Posts

Showing posts from January 28, 2013
धर्ना दिन खोजेका उखु किसानलाई प्रहरीले नियन्त्रणमा नवलपरासी, उचित मुल्यको माग गर्दै धर्ना बस्नका लागि जिल्ला प्रशासनतर्फ जादै गरेका नवलपरासीका उखु किसानहरुलाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराइ आउने कार्यक्रम रहेको भन्दै प्रहरीले धर्ना बस्न दिएन । लाठीचार्ज गर्दै परासीको बुद्धचोकबाट १ सय जना उखु किसानलाइृ नियन्त्रणमा लिएको हिरासातबाट उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द यादवले जनाएका छन् । उखु उत्पादक कृषक र चिनीका उद्योगपतिबीच भएको ४८३ रुपैया पचास पैसाको मुल्य उद्योगपतिले नदिएपछि किसानहरु आन्दोलित भएका हुन् । नवलपरासीमा ठुला ३ वटा चिनी मिलहरु संचालनमा रहेपनि उखुको मुल्य भने तोकिएको छैन । उखुको मुल्य नै निर्धारण नै नभई उखु बेच्न बाध्य भएका किसानले जिल्ला प्रशासनमा धर्ना दिन जान लागेको बेला प्रहरीले नियन्त्रणमा लिएपछि नवलपरासीका पत्रकार र मानवअधिकारकर्मीहरु भत्र्सना गरेका छन् । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारीले किसानलाई नियन्त्रणमा लिएको घटना प्रति खेद व्यक्त गर्दै जवाफदेहीता निगरानी समिति नवलपरासीले निन्दा ग