धर्ना दिन खोजेका उखु किसानलाई प्रहरीले नियन्त्रणमा
नवलपरासी, उचित मुल्यको माग गर्दै धर्ना बस्नका लागि जिल्ला प्रशासनतर्फ जादै गरेका नवलपरासीका उखु किसानहरुलाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराइ आउने कार्यक्रम रहेको भन्दै प्रहरीले धर्ना बस्न दिएन । लाठीचार्ज गर्दै परासीको बुद्धचोकबाट १ सय जना उखु किसानलाइृ नियन्त्रणमा लिएको हिरासातबाट उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द यादवले जनाएका छन् ।
उखु उत्पादक कृषक र चिनीका उद्योगपतिबीच भएको ४८३ रुपैया पचास पैसाको मुल्य उद्योगपतिले नदिएपछि किसानहरु आन्दोलित भएका हुन् । नवलपरासीमा ठुला ३ वटा चिनी मिलहरु संचालनमा रहेपनि उखुको मुल्य भने तोकिएको छैन । उखुको मुल्य नै निर्धारण नै नभई उखु बेच्न बाध्य भएका किसानले जिल्ला प्रशासनमा धर्ना दिन जान लागेको बेला प्रहरीले नियन्त्रणमा लिएपछि नवलपरासीका पत्रकार र मानवअधिकारकर्मीहरु भत्र्सना गरेका छन् ।
वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारीले किसानलाई नियन्त्रणमा लिएको घटना प्रति खेद व्यक्त गर्दै जवाफदेहीता निगरानी समिति नवलपरासीले निन्दा गरेको छ । प्रेस वक्तब्य जारी गर्दै समितिका संयोजक वृजराज कुशवाहाले प्रशासनले किसानलाई लोकतान्त्रिक अभिकारबाट वञ्चित गराएको बताएको छ ।
पक्राउ पर्नेमा उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादव, नेपाल किसान संघ नवलपरासीका अध्यक्ष श्रवण कुमार कुशवाहा, सन्तु जायसवाल, अमृत भण्डारी, खेम नारायण चौधरी, राम प्रसाद भटराई , तिकारामा भटराई, विष्णु पाण्डेय, श्रधिर पाण्डे, तेज नारायण न्योपाने,  लगायतका रहेका छन् ।
वृजराज कुशवाहा माघ १५
.............................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day