धर्ना दिन खोजेका उखु किसानलाई प्रहरीले नियन्त्रणमा
नवलपरासी, उचित मुल्यको माग गर्दै धर्ना बस्नका लागि जिल्ला प्रशासनतर्फ जादै गरेका नवलपरासीका उखु किसानहरुलाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराइ आउने कार्यक्रम रहेको भन्दै प्रहरीले धर्ना बस्न दिएन । लाठीचार्ज गर्दै परासीको बुद्धचोकबाट १ सय जना उखु किसानलाइृ नियन्त्रणमा लिएको हिरासातबाट उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द यादवले जनाएका छन् ।
उखु उत्पादक कृषक र चिनीका उद्योगपतिबीच भएको ४८३ रुपैया पचास पैसाको मुल्य उद्योगपतिले नदिएपछि किसानहरु आन्दोलित भएका हुन् । नवलपरासीमा ठुला ३ वटा चिनी मिलहरु संचालनमा रहेपनि उखुको मुल्य भने तोकिएको छैन । उखुको मुल्य नै निर्धारण नै नभई उखु बेच्न बाध्य भएका किसानले जिल्ला प्रशासनमा धर्ना दिन जान लागेको बेला प्रहरीले नियन्त्रणमा लिएपछि नवलपरासीका पत्रकार र मानवअधिकारकर्मीहरु भत्र्सना गरेका छन् ।
वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारीले किसानलाई नियन्त्रणमा लिएको घटना प्रति खेद व्यक्त गर्दै जवाफदेहीता निगरानी समिति नवलपरासीले निन्दा गरेको छ । प्रेस वक्तब्य जारी गर्दै समितिका संयोजक वृजराज कुशवाहाले प्रशासनले किसानलाई लोकतान्त्रिक अभिकारबाट वञ्चित गराएको बताएको छ ।
पक्राउ पर्नेमा उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादव, नेपाल किसान संघ नवलपरासीका अध्यक्ष श्रवण कुमार कुशवाहा, सन्तु जायसवाल, अमृत भण्डारी, खेम नारायण चौधरी, राम प्रसाद भटराई , तिकारामा भटराई, विष्णु पाण्डेय, श्रधिर पाण्डे, तेज नारायण न्योपाने,  लगायतका रहेका छन् ।
वृजराज कुशवाहा माघ १५
.............................................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी