Posts

Showing posts from April 15, 2013

सर्वसाधारण कुट्ने प्रहरीले माफी मागे

नवलपरासी नारायणी नदीबाट गिट्टी बालुवा ल्याउन गएका स्थानीयवासीलाई कुटेर ३ जना घाईते बनाएको प्रहरीले गल्ती स्विकार गर्दै माफी मागेका छन् । नारायणी नदीबाट गिट्टी बालुवा लोड गरी फर्कदै गरेको अवस्थामा नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले नदीमै कुटेका थिए । प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले केटेपछि  नरसही वडा नं. १ का ४५ वर्षे सीता बिन, वडा नं. २ का १४ वर्षे बालक कलामुद्दिन अन्सारी र पकलिहवा गाविस २ का ३० वर्षे हरिगोविन्द घाईते भएका थिए । घाईतेको पक्षमा हिजो अबेर प्रहरी चौकीमै घेरा हालेका स्थानीयवासीन्दासंग आफुसंग गल्ती भएको भन्दै प्रहरी सहायक निरीक्षिक बस्नेतले माफी मागेका हुन् । माफी मागेपछि घाईतेको उपचारका लागि रु. ५ सय रकम पनि दिलाईएको हो । चौकीमै घेरेका स्थानीयवासीन्दाले प्रहरी सहायक निरीक्षिक बस्नेतलाई लछारपछार पार्दै गालीगलौज समेत गरेको स्थानीय मनोज गुप्ताले बताए । अरुले पनि बालुवा निकालेको देखेर आफु पनि निकाल्न आएको पीडितको भनाईको आधारमा प्रहरीले किन कसैलाई निकाल्न दिने र किन कसैलाई निकाल्न नदिने, प्रहरीले रकम लिएकै आधारमा विभेद गरेकोले घटना घटेको

म किन लागें राजनीतिमा ? गगन थापा

Image
काठमाडौंको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । बुबा सरकारी जागीरे हुनुहुन्थ्यो अनि पेशाले इन्जिनियर । मेरो पुर्ख्यैाली घर सोलुखुम्बुदेखिनै परिवारका थुप्रै सदस्य प्रजातान्त्रिक आन्दोलमा लाग्नुभएको रहेछ । सेनामा कार्यरत भएपनि हजुरबुबाले कांग्रेसको आन्दोलनलाई सहयोग पुर्‍याउनुभएको थियो । कांग्रेसका कार्यकर्तालाई बस्ने र खाने बन्दोबस्त मिलाई दिएवापत चार महिनाभन्दा बढी समय जेल बस्नुपरेको थियो । पछि प्रधानपञ्च हुँदासम्म नै त्यो क्रम जारी रहेको थियो । म सानै छँदा पनि काठमाडौंको मेरो घरमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । उहाँहरुको सुत्ने व्यवस्था प्रायजसो मै सुत्ने कोठामा मिलाइएको हुन्थ्यो । पाहुनाहरु रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो ।त्यो राजनीतिक गफ मेरो बाल मस्तिष्कमा गहिरो छाप बनेर बसेको थियो । हाम्रो हजुरबुबा, काका, बुबाहरु सबै कांग्रेस समर्थक हुनुहुन्छ र उहाँहरु पनि आन्दोलनमा सहभागी हुनुहुन्छ भन्ने बुझ्न पाहुनासंग हुने उहाँहरुको गफबाट सजिलो भएको थियो । त्यसैगरी मेरो कान्छो काका चाहीं कम्युनिष्ट आन्दोलमा सक्रिय हुनुहुन्थ्यो । उ