सर्वसाधारण कुट्ने प्रहरीले माफी मागे


नवलपरासी
नारायणी नदीबाट गिट्टी बालुवा ल्याउन गएका स्थानीयवासीलाई कुटेर ३ जना घाईते बनाएको प्रहरीले गल्ती स्विकार गर्दै माफी मागेका छन् ।
नारायणी नदीबाट गिट्टी बालुवा लोड गरी फर्कदै गरेको अवस्थामा नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले नदीमै कुटेका थिए । प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले केटेपछि  नरसही वडा नं. १ का ४५ वर्षे सीता बिन, वडा नं. २ का १४ वर्षे बालक कलामुद्दिन अन्सारी र पकलिहवा गाविस २ का ३० वर्षे हरिगोविन्द घाईते भएका थिए । घाईतेको पक्षमा हिजो अबेर प्रहरी चौकीमै घेरा हालेका स्थानीयवासीन्दासंग आफुसंग गल्ती भएको भन्दै प्रहरी सहायक निरीक्षिक बस्नेतले माफी मागेका हुन् । माफी मागेपछि घाईतेको उपचारका लागि रु. ५ सय रकम पनि दिलाईएको हो । चौकीमै घेरेका स्थानीयवासीन्दाले प्रहरी सहायक निरीक्षिक बस्नेतलाई लछारपछार पार्दै गालीगलौज समेत गरेको स्थानीय मनोज गुप्ताले बताए । अरुले पनि बालुवा निकालेको देखेर आफु पनि निकाल्न आएको पीडितको भनाईको आधारमा प्रहरीले किन कसैलाई निकाल्न दिने र किन कसैलाई निकाल्न नदिने, प्रहरीले रकम लिएकै आधारमा विभेद गरेकोले घटना घटेको ठहर गरेका थिए ।
नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक बस्नेतले कुटेपछि घाईते भएका नरसही वडा नं. १ का ४५ वर्षे टेक्टर चालक सीता बिनको हात भांचिएको बताईएको छ । हात भांचिएपछि आक्रोसित बनेका स्थानीयवासीन्दा घुस दिनेलाई गिट्टी बालुवा निकाल्न दिने र नदिनेलाई कुटपिट गर्ने गरेको आरोप लाग्दै आएकाले निजलाई सरुवा गर्नुपर्ने अडान राखेका थिए । स्थानीयवासीका अनुसार प्रहरीले प्रति टेक्टर रु ५ सय घुस लिदै आएको छ ।
घटना चैत ३१ गते सनिवारका दिन बेलुका ४ बजे टेक्टरमा बालुवा लोड गरी बाहिरिदै गर्दा घटेको हो । नरसही प्रहरीले यस अघि पनि २ पटक यस्तो घटना घटाईसकेको स्थानीयवासीन्दा आरोप छ छ । खुल्ला दिशामुक्त अभियान अन्तर्गत चर्पी निर्माणका लागि चाहिने गिट्टी बालुवाको आवश्यकता बढेको नरसहीमा नारायणीको नदीजन्य वस्तु निकाल्न बन्देज समेत गर्ने निर्णय सोही भेलाले गरेको छ । प्रहरीले नियमानुसार रोक्दा नमानेको र झेल गरेको प्रतिक्रिया दिएको छ ।
 बैशाख २, २०७० साल
......................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day