सर्वसाधारण कुट्ने प्रहरीले माफी मागे


नवलपरासी
नारायणी नदीबाट गिट्टी बालुवा ल्याउन गएका स्थानीयवासीलाई कुटेर ३ जना घाईते बनाएको प्रहरीले गल्ती स्विकार गर्दै माफी मागेका छन् ।
नारायणी नदीबाट गिट्टी बालुवा लोड गरी फर्कदै गरेको अवस्थामा नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले नदीमै कुटेका थिए । प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले केटेपछि  नरसही वडा नं. १ का ४५ वर्षे सीता बिन, वडा नं. २ का १४ वर्षे बालक कलामुद्दिन अन्सारी र पकलिहवा गाविस २ का ३० वर्षे हरिगोविन्द घाईते भएका थिए । घाईतेको पक्षमा हिजो अबेर प्रहरी चौकीमै घेरा हालेका स्थानीयवासीन्दासंग आफुसंग गल्ती भएको भन्दै प्रहरी सहायक निरीक्षिक बस्नेतले माफी मागेका हुन् । माफी मागेपछि घाईतेको उपचारका लागि रु. ५ सय रकम पनि दिलाईएको हो । चौकीमै घेरेका स्थानीयवासीन्दाले प्रहरी सहायक निरीक्षिक बस्नेतलाई लछारपछार पार्दै गालीगलौज समेत गरेको स्थानीय मनोज गुप्ताले बताए । अरुले पनि बालुवा निकालेको देखेर आफु पनि निकाल्न आएको पीडितको भनाईको आधारमा प्रहरीले किन कसैलाई निकाल्न दिने र किन कसैलाई निकाल्न नदिने, प्रहरीले रकम लिएकै आधारमा विभेद गरेकोले घटना घटेको ठहर गरेका थिए ।
नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक बस्नेतले कुटेपछि घाईते भएका नरसही वडा नं. १ का ४५ वर्षे टेक्टर चालक सीता बिनको हात भांचिएको बताईएको छ । हात भांचिएपछि आक्रोसित बनेका स्थानीयवासीन्दा घुस दिनेलाई गिट्टी बालुवा निकाल्न दिने र नदिनेलाई कुटपिट गर्ने गरेको आरोप लाग्दै आएकाले निजलाई सरुवा गर्नुपर्ने अडान राखेका थिए । स्थानीयवासीका अनुसार प्रहरीले प्रति टेक्टर रु ५ सय घुस लिदै आएको छ ।
घटना चैत ३१ गते सनिवारका दिन बेलुका ४ बजे टेक्टरमा बालुवा लोड गरी बाहिरिदै गर्दा घटेको हो । नरसही प्रहरीले यस अघि पनि २ पटक यस्तो घटना घटाईसकेको स्थानीयवासीन्दा आरोप छ छ । खुल्ला दिशामुक्त अभियान अन्तर्गत चर्पी निर्माणका लागि चाहिने गिट्टी बालुवाको आवश्यकता बढेको नरसहीमा नारायणीको नदीजन्य वस्तु निकाल्न बन्देज समेत गर्ने निर्णय सोही भेलाले गरेको छ । प्रहरीले नियमानुसार रोक्दा नमानेको र झेल गरेको प्रतिक्रिया दिएको छ ।
 बैशाख २, २०७० साल
......................................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी