Posts

Showing posts from July 20, 2017

संविधान संशोधन नभई राजपा नेतृत्व चुनावमा जाने पक्षमा देखिदैछ; नेता हृदयेश त्रिपाठी

Image
५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेताहरु बालुवाटारमा वार्ता गरिरहँदा बुधबार सोही पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठी अनलाइनखबरसँग पार्टीभित्रका दुःखहरु सुनाउँदै थिए । राजपा पार्टी बनिनसक्दै ठूलो संकट र अकर्मन्यतामा फसेको विश्लेषण गर्दै त्रिपाठीले साउन १५ भित्रमा केन्द्रीय समिति बैठक बोलाएर विधान र घोषणापत्रबारे छलफल गर्न अल्टिमेटम दिएका छन् । पछिल्लो पटक ५ नम्बर प्रदेशका राजपा नेताहरुले भैरहवामा गरेको बेग्लै भेलापछि हृदयेश त्रिपाठीहरुले राजपाबाट विद्रोह गर्न लागेको चर्चा चलेको छ । तर, पार्टीका नाममा पसल खोलेर मधेसको मसिहा बन्ने पक्षमा आफू नरहेको त्रिपाठीले प्रष्ट पारे । प्रस्तुत छ त्रिपाठीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेल ले गरेको कुराकानीः हामीले अहिले यो अन्तर्वार्ता गरिरहँदा पनि तपाईको पार्टीको अध्यक्ष मण्डल बालुवाटारमा छ । मन्त्रिपरिषद विस्तार अघि राजपासँग वार्ता गर्नुपर्ने अवस्थामा सत्तापक्ष पुग्नुको अर्थ तपाईहरुसँग साँचो त रहेछ नि होइन ? हामीसँग कुनै साँचो छैन । यथार्थमा के भने राजपा एकीकरणपछि यसलाई देखाएर धेरैको राजनीति चलेको छ । दोस