Posts

Showing posts from September 2, 2015

नवलपरासीमा निषेधाज्ञा ४ दिन थपियो, परासीमा मधेशी मोर्चाको विशाल विरोध सभा, मोर्चाका केन्द्रिय नेताले गरे सम्बोधन

Image
०६३ को अन्तरिम संविधानमा भैसकेका सहमतिहरु कार्यान्यवन नगरेसम्म हाल वार्तामा नजाने अडान कायमै वृजराज कुशवाहा, नवलपरासी अन्तरिम संविधानमा सम्बोधन भैसकेका मधेशका मागहरु नयां संविधानमा छाडेका हुनाले मधेश भूमि आन्दोलित हुनुपरेको पुष्टि गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले थरुहट मधेश स्वायत्त प्रदेशको माग पुरा नभएसम्म आन्दोलन उचाईमा जाने दावी गर्नुभएको छ । मधेशका माग सम्बोधन हुन नदिनेप्रति सचेत रहेका खसवादी चिन्तनका शासकहरुका कारण मधेश आन्दोलित हुनुपरेको तथा मागलाई संविधानमा उल्लेख गराउनका लागि आफु सभासदको पद त्याग गरी मधेश आन्दोलनमा होमिएको बताए । उनले मधेशवादी अन्य सभासदलाई पनि सभासदको जागिर त्यागेर मधेश आन्दोलनमा आउन आग्रह गर्दै ३५ जना सबै मधेशवादी सभासदले संविधानसभाको पद त्याग गर्न सके पद त्याग गरेको २४ घण्टाभित्र खसवादी चिन्तनका शासकहरु घुंडा टेक्न बाध्य हुने चेतावनी समेत दिनुभयो । अनि मात्र मधेशको माग पुरा हुने दावी गर्नुभयो । अन्तरिम संविधान ०६३ मा मधेशमा स्वायत्त प्रदेश हुने, जनसंख्याको आधाारमा समानुपातिक प्रणली, निर्वाचन प्रणाली, नागरिकताको समस्या समाधान गरिने सहमत