नवलपरासीमा निषेधाज्ञा ४ दिन थपियो, परासीमा मधेशी मोर्चाको विशाल विरोध सभा, मोर्चाका केन्द्रिय नेताले गरे सम्बोधन

०६३ को अन्तरिम संविधानमा भैसकेका सहमतिहरु कार्यान्यवन नगरेसम्म हाल वार्तामा नजाने अडान कायमै

वृजराज कुशवाहा, नवलपरासी
अन्तरिम संविधानमा सम्बोधन भैसकेका मधेशका मागहरु नयां संविधानमा छाडेका हुनाले मधेश भूमि आन्दोलित हुनुपरेको पुष्टि गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले थरुहट मधेश स्वायत्त प्रदेशको माग पुरा नभएसम्म आन्दोलन उचाईमा जाने दावी गर्नुभएको छ । मधेशका माग सम्बोधन हुन नदिनेप्रति सचेत रहेका खसवादी चिन्तनका शासकहरुका कारण मधेश आन्दोलित हुनुपरेको तथा मागलाई संविधानमा उल्लेख गराउनका लागि आफु सभासदको पद त्याग गरी मधेश आन्दोलनमा होमिएको बताए । उनले मधेशवादी अन्य सभासदलाई पनि सभासदको जागिर त्यागेर मधेश आन्दोलनमा आउन आग्रह गर्दै ३५ जना सबै मधेशवादी सभासदले संविधानसभाको पद त्याग गर्न सके पद त्याग गरेको २४ घण्टाभित्र खसवादी चिन्तनका शासकहरु घुंडा टेक्न बाध्य हुने चेतावनी समेत दिनुभयो । अनि मात्र मधेशको माग पुरा हुने दावी गर्नुभयो ।
अन्तरिम संविधान ०६३ मा मधेशमा स्वायत्त प्रदेश हुने, जनसंख्याको आधाारमा समानुपातिक प्रणली, निर्वाचन प्रणाली, नागरिकताको समस्या समाधान गरिने सहमति गरिएको भएपनि आहिले बन्न लागेको संविधानमा सो सहमतिलाई लत्याएर एकतर्फी रुपमा संविधान बनाउन लागेको आरोप लगाउनुभयो । संविधानमा प्रत्यक्षतर्फ हाल गर्न लागेको व्यवस्थामा १६५ सीट सीट कायम गरिदैछ । जसमा ५१ प्रतिशत बढी जनसंख्या रहेको मधेशमा करीब ६५ सीट मात्र रहने र अन्य एक सय सीट पहाडमै राख्ने भएकाले पनि मधेशसीत अन्याय गरिएको बताए ।
मधेशमा २ प्रदेश बनाउने भएको पुर्व सहमतिमा मधेशमा झापादेखि नारायणी नदीसम्म एक प्रदेश र नारायणी नदीदेखि कञ्चनपुरसम्मको दोश्रो प्रदेश बनाउने भनी भएको सहमति पनि कार्यान्यवन नगरेका कारण ०६३ को अन्तरिम संविधानमा भैसकेका सहमतिहरु कार्यान्यवन नगरेसम्म हाल वार्तामा नजाने अडान दोहोराउनु भएको छ । पछि हामी यस दुबै प्रदेशलाई मिलाएर एक मधेश एक प्रदेश बनाउने रणनीति खसवादीले तुहाएको खुलासा गर्नुभयाे ।
थारु मधेशी एकता नटुटोस् भन्ने चिन्ता गर्दै रामसपाका केन्द्रिय अध्यक्ष महेन्द्र राय यादवले अधिकार मागीरहेका मधेशी जनतामाथि दमनका लागि सेना परिचालन गर्नु भनेको सरकारले हारेको मानसिकता उजागर गर्नु हो भने । उनले भने सरकार पुर्णरुपमा मधेश आन्दोलनले हारीसकेको बताउनुभयो ।
विरोध सभामा तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले सेना परिचालन गर्नु, निषेधाज्ञा लगाउनु, कर्फ्यू लगाउनु र आन्दोलनकारीलाई छातीमा गोली हान्ने अवस्थामा पुगेको र यस अवस्थामा हामीले पुर्याएकोले हाम्रो जित भएको दावी गर्नुभयो । आन्दोलनले आत्तिएको सरकारले मधेशको आन्दोलनलाई साम्प्रदायिकताको रुप दिन खोजेको र यसका लागि कैलाली घटनामा १२३ जना सेनाका जवानलाई सादा पोशाकमा परिचालन गराई घटना गराएको आरोप लगाउनुभयो ।

संघिय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप शाहले खसवादी शासकहरुले मधेशका सभासद र नेतालाई सुटकेशको प्रलोभन दिईरहेको आरोप लगाउनुभयो । उनले अगाडि भने मधेश र थरुहटको आन्दोलनलाई कमजोर बनाउनका लागि नेताहरुलाइृ बोलाएर पैसा र पदको प्रलोभन दिईरहेको खुलासा गरे । तर उनले कुन नेतालाई प्रलोभन आयो भनेर खुलाउनु भएन । उनले भने नेपालमा शोषण र अन्याय नभएको भए  सेनामा मधेशीको संख्या किन छैन, जिल्लाका सिडियोहरुमा मधेशीको संख्या किन छैन । यी सबै मधेश प्रति शोषण होईन भने के हो भने ।
विरोध सभामा थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु, मधेशी जनाधिकार फोरमका केन्द्रिय सदस्य रामबचन यादव, र थारु कल्याणकारीणी सभाका केन्द्रिय सदस्य ईन्नर प्रसाद महतोले पनि संविधान मधेश र थरुहट विरोधी आउन लागेकोले आन्दोलन गर्नुपरेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहन् बताउनुभएको थियो ।
कार्यक्रममा नवलपरासीका ४ हजार बढीको उस्थिती रहेको थियो भने विरोधसभा निषेधित क्षेभन्दा बाहिर भूमही भैरहवा वाईपास सडक स्थित बालगोविन्द पेट्रोलपम्पमा संचालन गरिएको थियो । सभा नजिकै परासीको भित्री सडकखण्डमा प्रहरीले निषेधित क्षेत्रको मोर्चाबन्दी गरेको थियो । सभा शान्तपुर्ण रुपमा संचालन भएको थियो ।
थरुहट मधेशी मोर्चाको बन्दका कारण नवलपरासी आज २४औं दिन पनि ठप्प रहेको छ । पसल बजार शिक्षा क्षेत्र यातायात ठप्प रहेकाले जनजीवन प्रभावित बन्दै गएको छ । शान्तिसुरक्षा कायम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधाज्ञाको समय ४ दिन थप्दै भदौ २० गते राती १० बजेसम्मका लागि निषेधाज्ञा बढाईएको हो ।
०७२ भदौ १६ गते ।




Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day