Posts

Showing posts from December 14, 2013

नेपालका बसभित्रै इन्टरनेट सुविधा सुरू

पोखराबाट काठमाडौं वा चितवन जाँदै हुनुहुन्छ र माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सको बसमा यात्रारत हो भने अबदेखि तपाईले बसभित्रै इन्टरनेट चलाउन पाउनुहुन्छ । पोखराको उक्त ट्राभल्सले राजमार्गमा गुड्ने बसभित्रै इन्टरनेट सेवा दिन थालेको छ । यो रुटमा पहिलोपटक यसरी नियमित रुपमा बसभित्रै इन्टरनेट सेवा उपलब्ध गराइएको हो । बसमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर बसभित्रै निःशुल्क वाइफाई सेवा दिन थालिएको बसका सञ्चालक सोम थापाले बताए । ‘यात्रुको सुविधाका लागि यो सेवा जडान गरेका हौं । यसबाट बसमा यात्रा गर्दा सञ्चारसम्पर्कबिहीन हुनुपर्ने अवस्था आउनेछैन्,’ थापाले भने ‘यात्रा गर्दै इन्टरनेट चलाएर यात्रुले आफन्त र साथीभाईसँग सम्पर्क गर्दै व्यक्तिगत कामसमेत गर्न सक्नेछन् ।’ राजमार्गका केही खोंच र घुम्तीबाहेक अन्यत्र यो सेवा सहज भएको उनले बताए । ‘खोच र घुम्तीमा नचल्न सक्छ । अन्यत्र राजमार्गमा यो सेवा चलाउन सकिने रहेछ,’ उनले भने । थापाका अनुसार नेपाल टेलिकमको वाइम्याक्सका आउटडोर युनिट बसमा जडान गरिएको नागरिक दैनिकमा खबर छ । त्यसमा वाईफाई राउटरको कनेक्सनमार्