Posts

Showing posts from August 24, 2012

नायिका सञ्चिता लुइँटेलको करामत ........

Image
पाँच पाँच वर्षमा सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ र जन्माअन्तरका लागि महिलाहरुले संगिनी ३ महिने सुई लगाउनु पर्छ भन्ने विज्ञापन तपाईहरुले टेलिभिजनमा देख्नु भएकै होला । यो सन्देश दिने विज्ञापनमा अभिनय गर्ने नायिका सञ्चिता लुइँटेल हुन् । तर उनको जीवनमा भने यो विज्ञापनमा भने जस्तो भएन । उनले पहिलो सन्तान जन्माएको ठिक एक वर्षपछि दोश्रो सन्तान जन्माएकी छिन् । २०६८ साल भदौ ४ गते छोरा जन्माएकी उनले २०६९ साल भदौ ४ गते नै दोश्रो सन्तानको रुपमा छोरी जन्माएकी छिन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उनले सोमवार राती छोरीलाई जन्मदिएकी हुन् । डेलिभरी भने शल्यक्रियाबाट भएको थियो । उनलाई बेलुकी पाँच बजेतिर अस्पताल भर्ना गरिएकोमा ७ बजेर ४० मिनेटमा उनले स्वस्थ शिशुको जन्मदिईन् । उनको बच्चाको तौल ३ किलो ८ सय ग्राम रहेको छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । मुम्बईमा संघर्ष गरिरहेका एक्सन हिरो निखिल उ