Posts

Showing posts from June 4, 2017

मनका कुरा

अचम्मकाे देश रहेछ नेपाल र यस देशका बासिन्दा हामी नेपाली । जतिबेला हेर्या हेर्यै, मूकदर्शक । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका लाेकतान्त्रिक देशका मुटु हुन्, धडकन हुन् । यिनैकाे भरमा देशकाे ढुकढुकी चल्छ । तर मलाइ किन हाे किन ? घरिघरी लाग्छ यिनीहरू बिरामी पर्न थालेका हुन् कि अाफ्नाे काम गर्दा गर्दा दिक्क भएका हुन् । स्वाद फेर्नलाइ हाे कि किन हाे ? एउटाकाे जिम्माकाे काम अरूले गर्न थाल्छन् । संबैधानिक निकायहरू पनि मति बिग्रकाे झैं काम गरेकाे देख्दा चिन्ता लाग्छ कि के भा काे हाेला हाम्राे देशां ? जताततै लथालिङग बन्दैछ ।लाेकतान्त्रिक पद्दति नै नपचेकाे हाे कि ? जुन निकाय वा उच्च अाेहदाका व्यक्तिले केही गर्ने अवसर पायाे कि अतिवाद गरिहाल्ने । माैका पायाे कि यसरी निर्णय वा काम गरीहाल्छन् कि पचाउनै गाह्राे । थुक्क भन्नपर्ने स्थिती ल्याइहाल्दा रहेछन् । अब हेराैं न, जनताले विश्वास गरेकाे न्यायालय दाेहाेराे मापदण्डकाे फैसला ल्याउंछ । जसले सानाे कुरामा पनि अन्याय भाे भन्दै रिट गर्न जानेहरूलाइ मन लुभावन भएकाे छ । दलिय काेटामा न्यायाधिस हुनेहरूलाइ पनि गुन तिर्न हताराे छ । र यति पनि मिलाउन नस