नवलपरासी घोषणापत्र जारी गर्दै काँग्रेस महासमितिको बैठक आज सकिदै


वृजराज कुशवाहा
नवलपरासी (त्रिवेणी गजेन्द्रमोक्षधाम)
 नेपाली कांग्रेसको नवलपरासीको त्रिवेणीमा भईरहेको महासमिति बैठकको चौथो दिन आज  विहान ८ बजे शुरु भएको छ । बैठक आज ११ बजे समापन हुने जनाईएको छ । बैठकमा दोश्रो दिन पेश भएका राजनीतिक प्रतिवेदन, पार्टीको बिधान संक्षिप्त संशोधनको प्रस्ताव, महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल तथा प्रतिनिधिहरुले बोल्ने क्रम हिजो सकिएको छ ।
दोश्रो दिनमा व्यवक्त्गित विचार राख्ने तथाने तथा तश्रो दिनमा अञ्चल स्तरिय समुह बनाई छलफल भएर १४ वटै अञ्चलबाट एक जना प्रतिनिधिले प्रतिवेदन पेश गर्ने काम भएको थियो । प्रसतावका रुपमा पेश गरिएका ती प्रतिवेदनहरुमा परिमार्जन सहित आज पारित गरिने कार्यक्रम रहेको केन्द्रिय सदस्य विमलेन्द्र निधिले जनाएका छन् ।
हिजोको बैठकमा शुभेच्छुक तथा केही भातृ संगठनहरुले पनि प्रतिवेदन बुझाएका थिए । आज ति प्रतिवेदनहरु पनि परिमार्जन सहित पारित गरिनेछन् ।
महासमितिको बैठकमा सदस्यहरुबाट आएका महत्वपुर्ण सुझावहरुपनि समेटिएर संशोधन गरिनेछन् ।
 गजेन्द्रमोक्ष धामको आश्रमस्थलमा भइरहेको बैठकको दोश्रो दिनको कार्यक्रममा ५० जना सदस्यले बोलेका थिए । बोल्नका लागि ४०० बढी सदस्यहरुले नाम लेखाएपछि ४ दिनको यस बैठकमा बोल्नका लागि सबैको पालो नमिल्ने अवस्था देखिएपछि सबैको विचार समेटने उद्धेश्यले तेश्रो दिनको बैठकमा चौध अञ्चलका महासमिति सदस्यहरुलाई समुह समुहमा छलफल गरि एक एक जनाले प्रतिवेदन पस्तुत गर्ने वातावरण मिलाईएको थियो । ति प्रतिवेदनहरुमा प्रदेश बनाउदा सात प्रदेशको पक्षमा बढि सदस्य देखिएका छन् । लुम्बिनी अञ्चलका सदस्यहरुले सात प्रदेशकै पक्षमा निर्णय गरेका थिए । ति प्रदेश बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक हुनुपर्ने माग राखिएको छ ।
         त्यसैगरि कतिपय सदस्यहरु हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने भन्दै हस्ताक्षर बुझाएका थिए । महासमिति सदस्य कृष्ण अमात्य र स्यांजाका शंकर पाण्डेले हिन्दुराष्टको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।
०६९ चैत २९
................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day