जिल्ला प्रशासनकाे निषेधाज्ञाका बावजुद तस्करी कायमै

वृजराज कुशवाहा, १२ भदाै नवलपरासी ।

हरियाे मटर (केराउ) काे तस्करी अनियन्त्रित बन्दै गएपछि  नवलपरासी पश्चिमकाे सुरक्षा समितिकाे बैठककाे निर्णयले जिल्ला भित्र समेत मटरकाे अाेसार पसारमा राेक लगाए पनि तस्करी निर्वाध रूपमा चलिरहेकाे छ । 

जनसंख्याकाे अाधारमा जिल्लामा खपत हुनसक्ने परिमाण भन्दा धेरै बढि मात्रामा मटर भित्रिएर भारततर्फ तस्करी भैरहेकाे कारण देखाइ जिल्ला प्रशासन नवलपरासी पश्चिमले ०७७ भदाै ८ मा सूचना प्रकाशन गरि  मटर/केराउ ( हरियाे/सेताे ), छाेहडा र मरिचकाे अाेसारपसार तथा ढुवानीमा अर्काे अादेश नभएसम्मका लागि पुर्ण प्रतिबन्ध लगायाे ।

प्रशासनले राेक लगाएपनि तस्करी राेकिएन । तस्करहरूले भारततर्फ गर्दै अाएकाे अवैध निकासीमा कुनै अवराेध पुगेकाे छैन । सीमावर्ती प्रहरी माैन छ । तस्करीहरू राती मात्रै हाेइन दिउंसै पनि मालसामान अाेसारेका छन् । जिल्लाकाे सीमावर्ती गाउंकाे बाटाे, गाेरेटाे गाेरेटाे बाटाे तथा खेतबारीकाे बाटाे प्रयाेग गरि चाैबिसै घण्टा मटरकाे तस्करी भैरहेकाेले निद्रा भरि सुत्न नपाइ अाजित भएका स्थानीयवासीकाे गुनासाे छ । स्थानीयवासी भन्छन्, दिउसाेकाे समयमा पिकअप, टेक्टर तथा माेटरसाइकलमा बाेराकाे बाेरा तथा रातीमा बाइकमा लाेड गरि मटर सीमासम्म अाेसार्ने गरिएकाे छ । सीमामा कैरियरहरू बांधमा राखी बाेराकाे मटर सीमापारि कटाउने गर्छन । 

सीमावर्ती गाउंका स्थानीयवासीकाे निद्रा हराम भएपछि कहिले प्रहरी तथा कहिले सञ्चारकर्मीर्लाइ फाेन गरि नियन्त्रणका लागि गुहार्ने गरेका छन । भदाै ८ गते  रातीकाे समयमा धर्माैलीका स्थानीयवासीले अगाडि अगाडि बाइकमा बसहिया प्रहरी चाैकीका असइ अाेम देव भट्ट  र पछि पछि टेक्टर लु ४ त ४८०३ मा लैजादै गरिएकाे मटरकाे खेप नियन्त्रणमा लिएका थिए । 


नियन्त्रणमा लिएकाे साे टेक्टर र मटर कार्वाही चलाउने प्रहरी उपरिक्षक अजय केसीले बताएका थिए ।


स्थानीयवासीले समातेर बुझाएपछि प्रहरीले कार्वाही चलाउने गरेकाे संस्कृति पछिल्लाे समयमा विकास भएकाे छ । जिल्ला सुरक्षा समितिकाे प्रतिबन्ध पश्चात स्टकमा राखिसकिएकाे मटर लगायतका सामानहरू बेराेबटाेक भारततर्फ निकासी गरिएकाे छ । 

जिल्ला सुरक्षा समितिले जारी गरेकाे प्रतिबन्धात्मक सूचनामा अन्त्यमा भनिएकाे छ, सूचनाकाे उलंघन गरेमा सुरक्षाकर्मीले पक्राउ गरि संक्रामक राेग ऐन, २०२० काे दफा ३ तथा अन्य प्रचलित कानुनले कार्वाही गरिनेछ । तर हालसम्म कुनै पनि तस्कर वा तस्करीमा प्रयाेग भएका गाडीलाइ कार्वाही गरिएकाे छैन ।


Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day