नवलपरासी जिल्लाका ६ निर्वाचन क्षेत्र वाट उम्मेदवारी दिएका ३७ जना स्वतन्त्र उम्मेदवारलाई  आज चुनाव चिन्ह प्रदान गरिएकोछ । निर्वाचन आयोगले तोकेको ४२ वटा चिन्ह मध्ये रोज्न लगाएर उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
स्वतन्त्र उम्मदवार वाट चुनाव चिन्ह लिने तिन जना नेपाली काग्रेसका वागी उम्मेदवारले भने एउटै चुनाव चिन्ह रोजेका छन् । जस अन्र्तगत क्षेत्रनं ४ वाट काग्रेस वागी उम्मदेवार गुणनिधि तिवारी, क्षेत्रनं ५ का राद्येश्याम पाठक र क्षेत्रनं ६ का बागी उम्मेदवार दिनानाथ कोईरालाले काईयो चुनाव चिन्ह रोज्नु भएकोछ ।
यसैबिच स्वतन्त्र वाट सवैभन्दा बढि क्षेत्रनं  ५ वाट १४ जनाले उम्मेदवारी दिएकाछन् भने सवैभन्द कम क्षेत्रनं १  वाट एक जना को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।
चुनाव चिन्ह लिनेमा क्षेत्रनं २ वाट तिन जना रहेकाछन् । जसमा चिरञ्जीवि जि.सी.को इनार, डासिराम वस्यालको अर्नाभैसी र राजकुमार श्रेष्ठको प्रेस रहेकोछ ।
त्यस्तै क्षेत्रनं ३ वाट ३ जनाले स्वतन्त्रको चुनाव चिन्ह पाएकाछन् जसमा गणेश प्रसाद अधिकारीको स्कुटर, प्रज्ञा मल्लको इनार र  चित्र घर्ति मगरको जातो रहेकोछ ।
क्षेत्रनं ४ वाट  ६ जनाले स्वतन्त्रवाट चुनाव चिन्ह लिएकाछन् । जसमा गुणनिधि तिवारीको काईयो  रामप्रित सैथवारको अर्नाभैसी, सुवास यादवको सयपत्रि फुल, राद्येश्याम तेलीको सुईटर, रामविनोद अहिरको हेलमेट र विरेन्द्र ठाकुर नाउंको स्कुटर रहेकोछ ।
त्यस्तै क्षेत्रनं ५ वाट राद्येश्याम पाठकको काईयो, नगही यादवको भुईकटहर, व्यासमुनी तेलिको ताल्चा, अमित गिरीको कालोपाटी र कनही प्रसाद कोईरीको इनार चुनाव चिन्ह रहेकोछ । क्षेत्रनं ५ वाट स्वतन्त्रमा उम्मेदवारी दिएका दसही पासीको कारखाना, धिरेन्द्र कुमार गिरीको गितार, सन्तु कुमार पाठकको पंखा, मोहनलाल वास्तोलाको हेलमेट, चन्द्र कुमार गुप्ताको अर्नाभैसी, राद्येश्याम गौडको कप, मधुराज पाण्डेको सयपत्रि फुल, किशोर कुमार के.सी.को सकुटर र दिर्घ नारायण लोनियाको चगां उडाउने लटाई रहेकोछ । त्यस्तै क्षेत्रनं ६ वाट १० जनाले चुनाव चिन्ह लिएकाछन् । जसमा दिनानाथ कोईरी,गोबिन्द कुमार चौधरीको गितार, राजमंगल केवटको हेलमेट,विनोद कुमार जैसवालको सयपत्रि फुल, अलियास मियाको प्रेसर कुकुर रहेकोछ । त्यस्तै क्रषिकेश मिश्रको काईयो, बिजलाला कुर्मिको भुईकटहर, चन्दु चमारको अर्नाभैसी,नन्दलाल मिश्रको स्कुटर र नारायण चमारको पलगं रहेको निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले जनाएकोछ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day