नवलपरासीमा जिल्ला कार्यालयहरू डुबानमा, नारायणीले ठोकर नं. १३ मा कटान तिब्र, ३०० ब्लक बगायो, दर्जनौं गाउं डुबानमा

विगत एक हप्तादेखि भएको अबिरल वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र डुबानमा पर्यो । २०४६ साल पछिको दोश्रो ठुलो विनाशकारि बाढी मानिएको छ । जिल्लाका खहरे खोलाहरूमा जलस्तर बढेपछि जताततै क्षति पुगेको छ ।
प्रजिअको निवास

झरही खोलामा अचानक अएको बाढीले जिल्लाको सदरमुकाम परासी बजार डुबानमा पर्यो भने नारायणी नदीमा बढेको पानीले ठोकर नं. १३ मा कटान तिब्र पार्यो । त्यसैगरी बेनिमणिपुर ६ को कोल्टानी, बैरेनी, खयरघारी गाउँ डुबानमा परेको छ ।
जिप्रका नवलपरासी कार्यालय

गए राति ११ बजे देखि परेको अविरल वर्षाले गर्दा परासीको बुद्धचोक, मालटोल, इमलिटोल, संगम टोल, शान्ति टोल, लोकतान्त्रिक चोक र उद्योग बाणिज्य संघ समेत डुबानमा परेको छ । सहुवाटिकर, इमलिटोल र केरवानि झरही खोलाका कारण उच्च जोखिममा रहेका छन ।
राजमार्गमाथिबाट बग्दै गरेकाे पानी र ट्रक

परासी आसपासका दर्जनौं गाउंमा समेत बाढीको पानी पसेको छ । जिल्लाको सुनवलमा घर डुबानमा परेका छन्, बर्दघाट क्षेत्रका साथै मनरी, पचगांवा, चनरगढिया, देउरवा, उजैनी र बेलासपुर लगायतका दर्जनौं गाउ डुबानमा परेका प्रमुख जिल्ला अधिकारी पन्थीले बताएका छन् । विहिवार रातीदेखि नै मुसलधारे पानी परि रहेकोले विस्थापित भएकाहरुले खाना पकाउन नसक्ने अवस्था सिर्जना भएको छ । मानविय क्षतिको खबर छैन ।
परासीको झरही खोलामा अाएको बाढीकाे स्तर र झरही खोला पुल

नारायणी नदीको तटबन्धनका लागि नरसही गाविस ४ स्थित बी गैप बांधमा लगाईएको ठोकर नं. १३ मा गएराती देखि तिब्र कटान शुरू भएको छ । नदीमा पानी बढेपछि ठोकरको कटान बढेको हो । कटान नियन्त्रित गर्न नसकिएपछि नियन्त्रण तथा उद्धारका लागि नेपाली सेना खटाईएको छ ।
सडक अोभरफ्लो हुदाकाे बाढी

सशस्त्र प्रहरी, जनपद प्रहरी र नेपाली सेनाको प्रयास समेत असफल हुन थालेको प्रसनी बेचन अहिरले बताएका छन् । उनले कटानका कारण ठोकरको नोज तिब्र रूपमा भत्केको बताए । उनले भने कटान तिब्र रुपमा भैरहेको छ, करीब ३०० बढी ब्लकहरु नदीले बगाएको छ, दर्जनौं गाउं बगाउने त्रासले वरपरका हजारौंको संख्यामा स्थानीयवासीहरुको कटान स्थल ठोकर नं. १३मा भिड लागेको छ, तर नियन्त्रणको कुनै सफल प्रयास हुन सकेको छैन ।
नारायणी तटमा ठोकर नं. १३ मा भैरहेको कटान 

जलस्तरमा भएको वृद्धिका कारण नारायणी नदीको पानी कुडिया गाविस ४ स्थित गोबरहिया गाउंमा पस्न थालेको प्रहरी चौकी कुडियाका प्रसनी योगेन्द्र यादवले बताएका छन् ।
उता, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको ब्यारेक र जिल्ला कारागार कार्यालयसंगै अधिकांश सरकारी कार्यालयहरुमा पानी पसेको छ । डुबानमा परेपछि जिल्ला स्थित सरकारी कार्यालयहरुमा आज विहानैदेखि बन्दोबस्तीका समान तथा कागजपत्र जोगाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यालय परासी

परासी बजारको पुर्वतर्फबाट दक्षिणतर्फ बगेको भरही र परासी बजारको पश्चिमतर्फ रहेको रामखण्डा खोलाको पानीले परासी बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताएका छन् । पुर्वमा रहेको झरही खोला बजारको उत्तरपट्टिको गाउं सहुवाटिकरबाट पश्चिमतर्फ फर्केपछि गएराती २ बजेदेखि बस्तीमा पसेको हो । रातीमा पानी पसेकाले घरायसी सामानहरु डुबेका छन् । विद्युत अवरुद्ध भएको छ ।
बुद्धचोकदेखि सुनवल परासी सडकखण्डको पुर्वतर्फ रहेका प्रायः सबै सरकारी कार्यालयहरु डुबानमा परेका छन् । कार्यालयका कागजपत्रका साथै अन्य सामाग्रीहरु डुबेको अवस्थामा छन् भने मानिसहरु घरको माथिल्लो तल्ला र अग्लो स्थानमा आश्रय लिएरहेका छन् भने बाढीको पानी बढने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित बनेका छन् ।
मुख्य बजार बुद्धचोक

त्यसैगरी विनयी खोला लगायतका अन्य खोलाहरुमा आएको बाढीका कारण दुम्किबासबाट सर्दी चल्ने भित्री सडक अवरुद्ध भएको छ । त्यसैगरी लगातारको बर्षा पछि झरेको ससाना पहिरोको कारण नवलपरासीको दलदलेबाट डेढगाउं बुलिङ्गटार चल्ने भित्री सडक अवरुद्ध भएको छ । उता जिल्लाको हरपुर क्षेत्र पनि डुबानमा परेको छ । सेमरी परासी खण्डमा रहेको हुलाकी सडक अवरूद्ध  भएको छ । फुलवरिया र पटखोलीमा स्थानीय खोला अभरफ्लो भइ सडक माथिबाट बग्न थालेपछि हुलाकी सडकको अवागमन ठप्प बनेको छ ।
उता दाउन्ने पहाडमा आएको पहिरोले पुर्व पश्चिम राजमार्गको आवागमन अवरुध बनेको छ । पहिरोसंगै सडकमै रुख लडेको बताईएको छ । सडकको आवागमन खोलाइए पनि पटक पटक बन्द हुने गरेको छ । सुनवल खण्डमा राजमार्ग सडकमाथिबाट पानी बगेको छ ।
स्थानीयकाे घरभित्र डुबानमा परेको खाट

सर्यौ घर डुवानमा परेको छ । वाढीको कारण मानविय क्षती नभएपनी कच्चिघरहरु ढलेको प्रहरीले वताएको छ । पसलका सिमेन्ट, कपडा लगायत करोडोका अन्य सामानहरू नष्ट भएको छ ।

उद्धारका लागि अञ्चल प्रहरी, शसस्त्र प्रहरी तथा सेना तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । 

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day