राजीनामा दिनुकाे प्रष्टिकरण

मेराे विचारः
जन जागृति माध्यमिक विद्यालय गुठी परसाैनी नवलपरासीकाे प्रधानाध्यापक (बाबुराम सुबेदी) समक्ष मैले २०७५ साउन १८  गतेका दिन प्रा. वि. इन्चार्ज पदबाट राजीनामा दिएं । याे जिम्मेवारी मलाइ विद्यालय प्रशासनले २०७४ असाढ महिनामा दिएको थियाे । एक वर्षभन्दा बढि समय भयो तर जति प्रयास गरेपनि यस व्यक्तिसंग सहकार्य गर्न सकिएन । जतिबेला जुन विषयमा पनि कुरा परामर्श गर्न खाेज्याे अाश्वासन मात्र दिने तर काम चांही नगर्ने रहेछ । तर विद्यालय चलाउने काम अाश्वासनले हुदैन । पछिपछि यस व्यक्तिले मेराे भेटघाट, छलफल तथा विचार विमर्शकाे कामलाइ पनि समस्या मान्न थाल्याे । नितान्त संस्थागत विषयलाइ लिएर बैठक बसाैं र छलफल गरि समाधान गराैं यसले विद्यालयलाइ फाइदा हुन्छ कि भन्दा पनि तयार नभएपछि निकास खाेज्न बाध्य भएं ।

यसले मलाइ कामकाे जिम्मा त दियाे तर समस्या पर्याे भने सहयाेग नगर्ने रहेछ भन्ने प्रष्ट भयाे र मैले निर्णय लिएं कि अब याे व्यक्तिसित भनाभन गरिरहनु तथा संस्थाकाे विकासलाइ बन्धक बनाइरहनु भन्दा म अाफुले संस्थालाइ सहयाेग गर्नुपर्छ र बाटाे खुल्ला गरिदिएं । कि शायद यिनी अरू कसैलाइ त्याे पदमा ल्याउन चाहेका हुन कि ?  संस्थाकै विकासका लागि मैले यस निर्णयमा पुगेर राजीनामा दिएकाे हुं ।

विद्यालय फरक दुई स्थानमा सञ्चालन गरिनु पर्दा प्रधानाध्यापकले अाफ्नाे सहयोगका लागि प्रा. वि. इन्चार्ज पदको जिम्मेवारी दिएका थिए । सो जिम्मेवारी वहन गर्ने क्रममा निकै आरोह अवरोह पार गर्दै अगाडि बढिरहदा लक्ष्यमा पुग्न निकै असहज हुदै आयो । अनेकौं असहजताका बावजुद एक वर्ष बढी समयसम्म निरन्तर रुपमा काम गर्दै जांदा केही बाधाहरु प्रमुख रुपमा सामुन्ने आए । प्रमुख रूपमा यिनै बाधाहरू राजीनामाका कारण बने । जुन निम्न प्रकारका छन् ।
                                                               निम्न
१) बाेर्डिङ स्कुलहरूकाे तुलनामा समाुदायिक विद्यालयहरू पछाडि पर्न थाले भन्ने अाम जनमानसकाे देशैभरिकाे साेंचाइ अनुरूप हामीले पनि यस समस्याबाट पार पाउन हाम्राे विद्यालयमा पनि अंग्रेजी माध्यमको परस्पर कक्षा सञ्चालन गर्नका लागि याेजना बनाएं । याे आजको शिक्षाकाे आवश्यकता पनि हाे । अभिभावकहरुको चाहना पनि हाे । मैले बनाएको योजनालाइ कार्यान्यवन गर्नका लागि प्र. अ. ले हुन्छ हुन्छ मात्र भने तर नयां शैक्षिक सत्र २०७५ अायाे त्यस बेला अहिले नगराैं सर अलि पछि गराैंला भनेर टारे । यसमा मलाइ दुख छ । यस बेला वि. व्य. स. भएकाे भए, उसकाे सहयाेग लिन्थें तर विगत लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठनको पहल नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गरिरहेका छन् ।

२) मैले जिम्मेवारी सम्हालेकै शैक्षिक सत्र २०७४ मा प्रा. वि. स्तरमा २ जना शिक्षक (बच्चा राव र रामायण प्रसाद यादव)  को अनिवार्य अवकाश भै रिक्त भएका दरबन्दीमा प्र.अ.ले एक वर्षसम्म शिक्षकको कुनै व्यवस्था नगरेको अवस्थामा शिक्षककाे भार बढने भाे । यसबेलामा मा.वि.मा पढाउन जादै गरेका शिक्षकलाई पनि अब  प्रा. वि. स्तरकै पठनपाठनमा सहभागी गराउने मेरो प्रयासलाइ  तुहाएर प्र. अ. ले प्रा. वि. स्तरको शैक्षिक गतिविधिमा दोश्रो असहनीय असहयोग गरे ।

३) दुई जना शिक्षक अभावको अवस्थामा पनि कार्यरत शिक्षकहरुसंग सहकार्यको अनुरोध गरी कक्षा सञ्चालनको वातावरण बनाइ रहदा उही समयावधि ( १० बजेदेखि ४ बजेभित्रै) एक शिक्षकलाई थप भत्ता खुवाउने र अरू शिक्षकलाइ उल्टै थप भार मात्र दिएर शिक्षकसंग भेदभाव खडा गरी शैक्षिक वातावरण खल्बल्याए ।

४) प्रा. वि. इन्चार्जको जिम्मेवारी मलाइ सुम्पिए पनि प्र. अ. ले प्रा. वि. मा कार्यरत केही शिक्षकलाइ आफुखुशी काज पठाउने, विदा स्विकृत गरिदिने जस्ता काम गरेर शिक्षकमा गुटबन्दी खडा गरे । यसका साथै प्रा. वि. इन्चार्ज पदको अवमुल्यन गर्नुका साथै ठाढो हस्तक्षेप गरे ।

५) म प्रा. वि. इन्चार्जले विद्यालय सञ्चालन गर्न सहज र नियम संगत होस् भनी प्रा. वि. सञ्चालन  कार्यविधि उपलब्ध गराइ दिनुस् भनी पटकपटक माग गर्दा पनि उपलब्ध नगराएको तथा यस अवस्थामा केही शिक्षकले विद्यालयको नियमित कार्य सम्पादन नगरी बाधा व्यवधान उत्पन्न गरेको अवस्थामा सामाधानका लागि पहल गरी दिन तथा विद्यालय कार्यक्रमलाइ अगाडि बढन मदत गर्न अनुरोध गर्दा पनि प्र. अ. ले कुनै पहलकदमी नगर्दा विसंगति बढदै शिक्षण कार्य प्रभावित हुदै थालेकाे थियाे ।

६) प्रा. वि. इन्चार्ज पद पाएपछि तत्काल झ्यालढोका रहेका सबै ६ वटा कोठामा विजुली, पंखाहरू मैले अाफै हातले (कुनै प्राविधिक प्रयाेग नगरि) सञ्चालनमा ल्याएं । विद्यार्थीलाइ खानेपानीको वैकल्पिक व्यवस्था गरें । विद्यार्थीको उपस्थिती नियमित गराउने, पोशाक लगाउन प्रेरित गर्ने, दैनिक रुपमा पीटी. गराउने, प्राथमिक उपचार बक्सको व्यवस्था, अभिभावकसंगको प्रत्यक्ष सम्पर्क तथा गुनासोका लागि सम्पर्क नम्बर विद्यालयमा राख्ने लगायतका थप व्यवस्था गरें तर पैसा पर्ने सामाग्रीहरु ( सेतो बोर्ड, चक, मार्कर, डस्टर, पंखा मर्मतका सामान, सौंचालय सफाइका लागि हार्पिक, फिनायल, बालविकासमा चाहिने सामानका साथै स्टेशनरीका सामान) नीजि पैसाले खरिद गरी काम सुचारु गराउदा पनि प्र. अ. ले समयमा भुक्तानी नदिई नीजि जोश जांगरले काम गर्ने हौसलालाइ कमजोर पार्ने काम गरेका हुन् ।

७) कक्षा १ र २ लगायत धेरै काेठामा ताला लगाउने व्यवस्था छैन । कोठा खुल्ला रहेकाले विदाको अवस्थामा पान, पुकार खाइ जथाभावी थुकेको, भोजभतेर गरी जुठो जथाभावी फालेको, असभ्यता दर्शाउने खालका वस्तुहरु फेला पर्ने गरेको खबर पियनले दिएपछि सो को सुधारका लागि पटक पटक आग्रह गर्दा प्र. अ. ले कुनै सुधारात्मक कदम नचालेकोलृ स्थिति छ ।

८) प्रा. वि. स्तरमा शिक्षक दरबन्दीको अनुपातमा पनि विद्यार्थी संख्या कम रहेकाले विद्यार्थी संख्या बढाउन घरदैलो गरी पाउं भनी पटक पटक माग गर्दा पनि प्र. अ. ले प्रा वि. शिक्षकलाई घरदैलोमा जान अनुमति नदिएको साथै सरकारी निर्देशन अनुरुपको पनि विद्यार्थी भर्ना अभियान कार्यान्यवनमा नल्याएको (दाेश्राे र तेश्राे चरणकाे भर्ना अभियानकाे कुनै कार्यक्रम गरिएकाे छैन )।

९) मलाइ जिम्मेवारी दिनु पुर्व का प्रा. वि. इन्चार्जलाइ प्रा. वि. इन्चार्ज भत्ता मासिक रुपमा दिदै आए पनि मलाइ शुरुदेखि हालसम्म भत्ता नदिएको ।
 
अतः प्र.अ. ले प्रा. वि. इन्चार्जकाे जिम्मेवारी दिइ काममा खटाउने तर सहयोग नगर्ने गरी गर्दै आएको व्यवहारले विद्यालयको शैक्षिक गतिविधि उंभो लाग्दैन । तसर्थ यस्तो वातावरणमा जिम्मेवारी सम्हाल्न मलाइ मात्र होइन, अरू जो कोहीलाइ पनि गाह्रो हुन जान्छ ।  विद्यालयकाे गतिविधिमा असर पार्दै पछाडि धकेलिदै जानुकाे प्रमुख कारण रहेका उपराेक्त कारण (समस्या) हरूमा सुधार नभएसम्म विद्यालयको सुधार असम्भव छ । तसर्थ सुधारकाे आशा राख्दै प्रा. वि. इन्चार्ज पदबाट राजीनामा दिएको हाे । भविष्यमा जिम्मेवारी लिने प्रा. वि. इन्चार्जबाट उक्त कुराहरु सुधार हुने आशा राख्दै मेरो राजीनामा स्विकृत गरिदिन हुन अनुरोध गरेकाे छु । पत्र यसैसाथ संलग्न छ ।

                                                      वृजराज कोईरी,  प्रा. वि. ईन्चार्ज                                                                                                               जन जागृति मा. वि. गूठी परसौनी, नवलपरासी


Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day