Teacher's day


आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । ‘शिक्षकको पक्षमा उभिऔ’ भन्ने नाराका साथ मनाईने यो दिवसको अवसरमा बिभिन्न सरोकारवाला संस्थाहरुले नेपालमा पनि शुभकामना आदान-प्रदान तथा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । सन् १९९४ देखि युनेस्कोको आहृवानमा प्रत्येक बर्ष अक्टोबर ५ मा विश्व शिक्षक दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा नेपाल शिक्षक संघका अध्यक्ष एवम् सार्क शिक्षक महासंघका उपाध्यक्ष मोहन ज्ञवालीले एक विज्ञप्ती जारी गर्दै सार्कका सम्पुर्ण सरोकारवाहरुलाई स्थायी शिक्षक दरबन्दीको व्यवस्था गर्न आग्रह गर्नु भएको छ । बिज्ञप्तीमा ज्ञवालीले सबै शिक्षकका सुबिधा समान बनाउन माग गर्नु भएको छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन