हामी वार्ता विरोधी होईनौं तर भैसकेको सहमतिका लागि फेरी वार्ताको कुनै तुक छैन

विगतमा भएको सहमतिका आधारमा बनेको अन्तरिम संविधानको घारा १३८ को १ (क) मा स्वायत्त मधेश प्रदेश रहने व्यवस्था गरिए अनुरुप नयां बन्ने संविधानमा व्यवस्था नगर्नु मधेशसंगको बेइमानी हो ।

वृजराज कुशवाहा, नवलपरासी
मधेश पहाड मिलाउने काम अप्राकृतिक हो र मधेशी पहाडी छुटाउने काम पनि अप्राकृतिक हो भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जसले यो काम गरेको छ, उसले देशमा सामाजिक सद्भाव बिगार्ने काम गरेको बताउनुभएको छ ।
मधेशी पहाडीको सदभाव बिगार्नका लागि आतुर रहेका शासकहरुद्धारा अहिले टिकापुर र भैरहवामा सदभाव र्याली गराईएको छ । सदभाव र्यालीको नाममा देशमा अहिले सामाजिक सद्भाव बिगार्ने काम गरिएको छ, त्यसैले हाम्रो माग हो, प्रदेश बनाउंदा मधेशी पहाडीलाई संगसंगै बस्न दिनुपर्छ र मधेशको भूमिलाई पहाडसंग गाभिनु हुदैन । तर नेकपा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, कृष्ण प्रसाद सिटौला र शेर बहादुर देउवा जस्ता केही अतिवादी चिन्तनका शासकहरुले मधेशवादीले उठाएको संघियताको मागले मधेशी पहाडी छुटाएको आरोप लगाउने गरी विक्रित संघियता थोपार्ने काम गरेको आरोप लगाए । नवलपरासीको परासीमा पत्रकार सम्मेलनमा बोल्दै सदभावना पार्टी अध्यक्ष महतोले संगसंगै बसेका पहाडीले मधेशको पीडा बुझेको हुन्छ । संगसंगै बस्दै आएका पहाडी मधेशीलाई संगसंगै बस्नदिनुपर्छ भन्दै मधेश आन्दोलनमा पहाडीले पनि सहयोग गर्नुपर्ने आग्रह समेत गर्नुभयो । तसर्थ यस्तो खालको संघियताले मधेशी र पहाडी कसैको हित गर्ने छैन भन्नुभयो ।

संगसंगै बस्दै आएका पहाडी मधेशीलाई संगसंगै बस्नदिनुपर्छ .

सरकारसंग वार्ता भई सहमति भईसेकेको मुद्दामा फेरी पनि वार्तामा आउ र सहमति गर भन्ने नाटक मञ्चन गरेको वर्तमान सरकारसंग वार्ताको कुनै तुक नभएको स्पष्ट पार्दै अध्यक्ष महतोले वार्तामा नजाने अडान दोहोर्याउनु भएको छ । एउटै मुद्दाका लागि पुनः वार्तामा जानुपरेको घटनालाई दुखद घटनाको संज्ञा दिदै देशकै दुर्भाग्य भएको बताउनुभएको छ ।
आन्दोलनमा जनता मरिरहदा राज्यले ०६३ सालमा मधेशीसंग गरेको सहमति कार्यान्यवन नगरीकन पुनः वार्तामा बोलाउनुले राज्य पुर्णरुपमा संवेदनहीन भएको बताउनुभएको छ । उहांले अगाडि थप्नुभयो हामी वार्ता विरोधी होईनौं तर भैसकेको सहमतिका लागि फेरी वार्ताको कुनै तुक छैन । राज्यले मधेश र थरुहटको आन्दोलनलाई हल्का रुपमा लिएकोले तिन ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एमाओवादीका प्रमुखलाई चेतावनी दिदै आन्दोलनलाई कम मूल्यांकन गरे राज्यले ठुलो नोक्सानी व्योहोर्नुपर्ने चेतावनी दिदै भन्नुभयो मधेशको आन्दोलनलाई कम मुल्यांकन गरेर ठुला ३ दलका नेताहरुले भूल गरिरहेको छ, यो भूल राज्यका लागि महंगो पर्नसक्छ । आन्दोलनलाई दबाउने प्रयास गरे विनाश निम्त्याउंछ भन्दै “विनाश काले विपरित बुद्धि” को उक्ति चरितार्थ हुने बताए । उनले अगाडि भने “अहिले आर कि पार को लडाई मा छ मधेश । त्यसैले यसलाई अन्तिम लडाइृको रुपमा लिएका छौं, आन्दोलन जति लामो समयसम्म चले पनि चल्छ तर अधिकार लिएर मात्रै छाड्छ । त्यसैले हाम्रो आग्रह हो कि कम क्षतिमा संविधानको निर्माण गरियोस्” । सञ्चारकमीृको जिज्ञासामा अध्यक्ष महतोले अगाडि भने “वार्ताका लागि बोलाएको सरकारलाई वार्ता नै गर्ने चाहना हो भने वार्ता लागि वातावरण तयार गरोस् । जसका लागि मधेशी मोर्चाले ४ बूंदे प्रस्ताव समेत पठाईसकेको छ र भनिएको छ विगतको सहमति कार्यान्यवन गरेर वार्ताको लागि वातावरण बनाओस् तर यो वार्ता काठमाण्डौंमा नभई मधेश भूमिमा हुनुपर्छ । ”
सभासदको पद त्याग गरी मधेश आन्दोलनलाई सघाएका राजेन्द्र महतोलाई मधेशवादी दलका अन्य नेतामाथि पनि पद त्यागको लागि दबाव परिरहेको भएपनि राजीनामा नआउनुको पछाडि के देख्नुहुन्छ भनी सञ्चारकर्मीको सवालमा महतोले अरुले किन पद त्याग गरेनन् त्यो मेरो सरोकारको विषय होइृन तर मैले सभासदको जागिर सुरक्षित राखेर आन्दोलनको औचित्य नदेखेपछि राजीनामा गरेको हुं । सदनबाट दबाव सिर्जना गर्न नसकेपछि सडकबाट जनताको साथमा आन्दोलनमा आएपछि एक खालको वातावरण बनेको छ । यो वातावरणले मधेशवादी ३५ जना सबै सभासदलाई एक पटक सोच्न बाध्य गराएको छ । सबैले राजीनामा दिन सके २४ घण्टाभित्र आगो बल्नेछ भन्नुभयो ।
विगतमा सरकारसंग भएको सहमतिका आधारमा अन्तरिम संविधानको घारा १३८ को १ ( क) मा स्वायत्त मधेश प्रदेश रहने व्यवस्था गरिए अनुरुप नया बन्ने संविधानमा व्यवस्था नगर्नु मधेशसंगको बेइमानी हो भन्नुभएको छ ।
०७२ भदौ १७ गते

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day