संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०

स्वीकृत मिति २०७०।३।२६

प्रस्तावनाः स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले,
निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सरोकारवालाहरुसँग परामर्श गरी देहायको आचार संहिता बनाएको छ ।
परिच्छेद —१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस आचार संहिताको नाम “संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०” रहेको छ ।
(२) यो आचार संहिता सम्वत् २०७० साल श्रावण ७ गते देखि प्रारम्भ हुने छ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस आचार संहितामा,–
(क) “निर्वाचन” भन्नाले सम्वत् २०७० साल मंङ्सिर ४ गते सम्पन्न हुने संविधान सभा सदस्यको निर्वाचन सम्झनु पर्छ ।
(ख) “आयोग” भन्नाले निर्वाचन आयोग सम्झनुपर्छ ।
३. आचार संहिता लागू हुने निकाय, अधिकारी, संस्था, र व्यक्तिः यो आचार संहिता देहायका निकाय, अधिकारी, संस्था र व्यक्तिलाई लागू हुनेछः–
(क) राजनीतिक दल र उम्मेदवार,
(ख) राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्ति,
स्पष्टीकरणः (१) “राजनीतिक दल” भन्नाले राजनीतिक दलको भातृ संगठन लाईसमेत जनाउँछ ।
(२) “राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्ति” भन्नाले राजनीतिक दल वा उम्मेदवारको तर्फबाट निर्वाचन प्रचार–प्रसार गर्ने कार्यमा संलग्न जुनसुकै व्यक्ति सम्झनु पर्छ ।
(ग) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(घ) नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था र स्थानीय निकाय,
(ङ) आम सञ्चारका माध्यम,
स्पष्टीकरण ः “आम सञ्चारका माध्यम” भन्नाले सरकारी, सामुदायिक र निजी क्षेत्रका विद्युतीय तथा मुद्रणका सञ्चार माध्यम सम्झनुपर्छ ।
द्द
(च) नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था र स्थानीय निकायका कर्मचारी र निर्वाचन कार्यमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी,
(छ) गैरसरकारी संघ÷संस्था र
(ज) निर्वाचन प्रयोजनको लागि आयोगले खटाएको स्वयंसेवक ।
परिच्छेद – २
राजनीतिक दल, उम्मेदवार र राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण
निर्वाचन प्रचार–प्रसार गर्दा राजनीतिक दल, उम्मेदवार र राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्तिले देहायको आचरण पालना गर्नु पर्नेछ ः–
निर्वाचन प्रचार–प्रसारसम्वन्धी सामान्य आचरणः
४. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनतामा निहित राजकीय सत्ता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी निर्वाचन प्रचार–प्रसार गर्न वा गराउनु हुदैन ।
५. कुनै धर्म, सम्प्रदाय, जात जाति, लिङ्ग, भाषा, समुदाय वा प्रादेशिकताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने गरी निर्वाचन प्रचार–प्रसार गर्न वा गराउन हुँदैन ।
६. भाषण, वक्तव्य र अन्य यस्तै कुरामा शिष्ट र मर्यादित भाषा प्रयोग गर्नु पर्छ ।
७. कुनै राजनीतिक दल वा उम्मेदवारको आलोचना गर्दा त्यस्तो दल वा उम्मेदवारको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको काममा मात्र सीमित रही गर्नु पर्नेछ; उम्मेदवार, राजनीतिक दलको नेता वा कार्यकर्ताको सार्वजनिक कामसँग सम्वन्धित नभएको निजी जीवनको कुनैपनि कुराको आलोचना गर्नु हुँदैन ।
८. लैङ्गिक हिंसा लगायत अन्य हिंसाजन्य कार्य गर्न र त्यस्तो कार्य गर्न कसैलाई उक्साउनु हुँदैन ।
९. प्रचलित कानूनबमोजिम निर्वाचनसम्वन्धी कसूर मानिने कार्य गर्न वा गराउन र त्यस्तो कसुर गर्न कसैलाई उक्साउनु हुँदैन ।
१०. धार्मिक, पुरातात्विक वा ऐतिहासिक भवन, स्मारकस्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँस्न हुँदैन ।
११. कसैको निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानहरुमा घरधनीको स्वीकृति नलिई कुनै पनि किसिमको पर्चा टाँस्न हुँदैन ।
१२. भित्ते लेखन गर्न, तुल, व्यानर प्रयोग गर्न वा गराउन हुँदैन ।
१३. शान्तिपूर्ण र बाधा अबरोधरहित मानवीय जीवन जीउन पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सम्मान गर्नु पर्नेछ; कुनै व्यक्तिको विचारको विरोध गर्दा निजको घर अगाडि विरोध गर्न र प्रदर्शन गर्न हँुदैन ।
१४. निर्वाचन प्रचार–प्रसारको प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा कूल क्षेत्रफल तीन सय बर्ग इञ्चसम्मको आकारको पर्चा मात्र प्रयोग गर्नु पर्नेछ; त्यस्तो पर्चा छपाउँदा एक रङमा

मात्र छपाउनु पर्नेछ र प्रत्येक पर्चामा पर्चा मुद्रक र पर्चा छपाउने राजनीतिक दल वा उम्मेदवार समेतको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ ।
१५. कुनै राजनीतिक दल वा उम्मेदवारले टाँस गरेको वा त्यस्तो दल वा उम्मेदवारको तर्फबाट टाँस भएको पर्चा वा निर्वाचन चिन्हलाई केरमेट गर्न, उप्काउन, च्यात्न वा त्यसमाथि आफ्नोे पर्चा टाँस्न वा टाँस्न लगाउन हुँदैन ।
१६. कसैको पुत्ला लिएर हिँड्न वा पुत्ला जलाउने कार्य गर्नु वा गराउनु हुँदैन ।
१७. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, निकाय वा स्थानीय निकाय र कुनै परियोजनाको साधन, श्रोत र सम्पत्ति प्रयोग गर्नु वा गराउनु हुँदैन ।
१८. प्रचार–प्रसारको लागि कुनैपनि प्रकारको प्लास्टिक सामग्री प्रयोग गर्नु हुँदैन ।
१९. मादक पदार्थको सेवन गरी निर्वाचनको प्रचार–प्रसार गर्न वा गराउनु हुँदैन ।
२०. निर्वाचन आयोगद्वारा वितरित मतदाता शिक्षा सम्वन्धी प्रचार सामग्री वा सूचनालाई विगार्न, नास्न, केरमेट गर्न वा अन्य कुनै किसिमबाट थपघट गर्न गराउन वा विकृत गर्न हुँदैन ।
२१. मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद, जिन्सी र अन्य कुनै पनि सामग्री वितरण गर्न वा प्रदान गर्न वा भोज भतेरको आयोजना गर्नु वा गराउनु हुँदैन ।
२२. आपूmले टाँसेको पर्चा सम्वन्धित निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको साठी दिनभित्र उप्काई वा हटाई पर्चा टाँसेको स्थान सफा गर्नु पर्नेछ ।
जुलुस तथा आमसभा सम्वन्धी आचरण ः
२३. जुलुस, ¥याली, आमसभा, वैठक वा भेला गर्दा वा गराउँदा स्थानीय प्रशासन र प्रहरीलाई सुरक्षा प्रबन्ध गर्न सोको समय, मिति, मार्ग, रुट र स्थानका बारेमा स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराएर मात्र गर्नु पर्नेछ; त्यसरी तय भई सकेको मार्ग स्थानीय प्रशासन र प्रहरीको अनुमतिबिना फेरबदल गर्न सकिने छैन ।
२४. दुई वा दुईभन्दा बढी राजनीतिक दल वा उम्मेदवारहरुले एउटै समय, स्थान र मार्गमा जुलुस, ¥याली, आमसभा, वैठक वा भेला गर्दा स्थानीय प्रशासनले दिएको अनुमति अनुसार मात्र आयोजना गर्नु पर्नेछ ।
२५. नेपाल सरकार वा स्थानीय प्रशासनले सार्वजनिक सुरक्षा र हितका लागि प्रचलित कानूनबमोजिम निषेध गरेको समय र स्थानमा कुनैपनि जुलुस, ¥याली, आमसभा, वैठक, भेला वा प्रचार–प्रसारको कार्यक्रमको आयोजना गर्नु वा गराउनु हुँदैन ।
२६. सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा गर्नु वा गराउनु हुँदैन ।
२७. मसाल जुलुस र हातहतियारसहितको जुलुस निकाल्नु हँुदैन ।
२८. जुलुस, ¥याली, वा आमसभामा भाग लिने व्यक्तिहरुले आफनो हातमा १०”×१८” को आकारसम्मको झण्डा लिन सक्नेछन् ।
तर निर्वाचन प्रचार–प्रसारको लागि प्रयोग गरिने सवारी साधनमा वा आमसभास्थलमा सोभन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न बाधा पुगेको मानिने छैन ।
द्ध
२९. हात हतियार वा विष्फोटक पदार्थ लिएर हिंड्न वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी जस्ता धारिलो तथा जोखिमी प्रकृतिका हातहतियारको प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन हुँदैन ।
३०. अरु राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, ¥याली, आमसभा, वैठक वा भेला विथोल्न वा त्यस्तो जुलुस, ¥याली, आमसभा, वैठक वा भेलालाई कुनै प्रकारको बाधा अवरोध पु¥याउनु हँुदैन ।
३१. जुलस, ¥याली, आमसभा वा भेला जस्ता प्रचार–प्रसारका कार्यक्रम बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नु पर्नेछ ।
३२. बालवालिकालाई जुलुस, ¥याली, आमसभा, वैठक वा भेलामा सहभागी गराउन तथा निर्वाचन प्रचार–प्रसार र निर्वाचनसँग सम्वन्धित अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्न र गराउन हुँदैन ।
३३. जनसाधारणको हितमा प्रतिकूल असर नपर्ने गरी निर्वाचनको प्रचार–प्रसार गर्ने उद्देश्यले आमसभा र आमसभाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र माइक तथा लाउडस्पिकर र यस्तै ध्वनी उत्पन्न गर्ने यन्त्र प्रयोग गर्न हुँदैन ।
३४. मतदान हुने दिनभन्दा अठचालीस घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न, नारा लगाउन, राजनीतिक दल वा राजनीतिक दलसँग आबद्ध संस्थाको झण्डा, निर्वाचन चिन्ह र अन्य कुनैपनि सामग्री प्रदर्शन गर्न र निर्वाचन प्रचार–प्रसार हुने कुनैपनि कार्य गर्नु र गराउनु हुँदैन ।
३५. विद्यालय र विद्यालय हाताभित्र आमसभा, माइकिङ्ग लगायत निर्वाचन प्रचारका काम गर्नु हुँदैन ।
सवारी साधनको प्रयोगसम्वन्धी आचरणः
३६. हवाईजहाज तथा हेलिकप्टर जस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु हुँदैन ।
तर सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाको हकमा यो दफा लागू हुनेछैन ।
३७. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, स्थानीय निकाय र परियोजनाका सवारी साधन प्रयोग गर्नु वा गराउनु हुँदैन ।
३८. उम्मेदवारले निर्वाचन प्रचार–प्रसारका लागि एक निर्वाचन क्षेत्रमा वढीमा दुईवटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछ । त्यस्ता सवारी साधन नचल्ने निर्वाचन क्षेत्रमा वढीमा चार वटा घोडा प्रयोग गर्न सक्नेछ ।
तर एउटा उम्मेदवारले प्रयोग गरेको सवारी साधन अर्को कुनै पनि उम्मेदवार वा राजनीतिक दलले कुनै पनि प्रकारले प्रयोग गर्न हुदैन ।
३९. राजनीतिक दलले निर्वाचन प्रचारका लागि एउटा जिल्लामा वढीमा दुई वटा हलुका सवारी साधन प्रयोग गर्न सक्नेछ ।

तर एउटा राजनीतिक दलले प्रयोग गरेको सवारी साधन अर्को कुनै पनि राजनीतिक दल वा उम्मेदवारले कुनै पनि प्रकारले प्रयोग गर्न हुदैन ।
४०. निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारको लागि प्रयोग गर्ने सवारी साधनको लागि अनुसूची —२ बमोजिमको ढाँचामा निस्सा प्रदान गर्नेछ ।
४१. दफा ४० बमोजिम निस्सा दिँदा निर्वाचन अधिकृतले त्यस्तो सवारी साधनमा टाँस्नुपर्ने सवारी साधन संख्या नम्वर दिनेछ र सम्वन्धित राजनीतिक दल र उम्मेदवारले त्यस्तो संख्या उक्त सवारी साधनमा सवैले देख्ने गरी टाँस्नु पर्नेछ ।
४२. निर्वाचन अधिकृत, अनुगमन टोली, मतदान अधिकृत, आयोग वा आयोगले तोकिदिएको अधिकृतले दफा ४१ बमोजिमको निस्सा र संख्या जाँच गर्न सक्नेछ ।
४३. मतदानको दिन मतदातालार्र्ई हवाईजहाज, हेलिकप्टर, बस, ट्रक, जीप, मोटरसाईकल र अन्य कुनै पनि सवारी साधनबाट ओसार–पसार गर्नु र गराउनु हुँदैन ।
तर हिंडडुल गर्न नसक्ने अशक्त मतदाताले आयोग वा सम्वन्धित निर्वाचन अधिकृत वा मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सक्नेछ ।
अनुचित प्रभाव तथा अवरोध सम्वन्धी आचरण ः
४४. निर्वाचनसँग सम्बद्ध कर्मचारी तथा सुरक्षाकर्मीलाई कुनै किसिमको डर, त्रास, धाक, धम्की दिई वा बल प्रयोग गरी वा प्रलोभन दिई आफ्नोे कर्तव्य पालन गर्नबाट विचलित गर्नु वा गराउनु हुँदैन ।
४५. मतदातालार्र्ई डर, त्रास, धाक, धम्की वा प्रलोभन दिने वा धर्म भकाउने जस्ता काम गरी निजको इच्छा विपरित मतदान गर्न वा नगर्न बाध्य गर्नु वा गराउनु हुँदैन ।
४६. कुनै किसिमको डर, त्रास, धाक, धम्की दिई वा वल प्रयोग गरी कुनै पनि उम्मेदवारलाई निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने गरी रोक्ने, थुन्ने, छेक्ने वा निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट असर पर्न सक्ने गरी कुनै पनि किसिमको काम कारवाही गर्न वा गराउन हुँदैन ।
४७. निर्वाचन विथोल्ने, निर्वाचन प्रति वितृष्णा पैदा हुने, निर्वाचनमा भ्रम सिर्जना हुने वा निर्वाचनमा अवरोध हुनेगरी कुनै कार्य गर्नु वा गराउनु हुँदैन ।
४८. मतदाताहरुलार्र्ई मतदान गर्न जान वा मतदान गर्नबाट बन्चित गराउने अभिप्रायले कुनैपनि किसिमले अवरोध वा थुनछेक गर्नु वा गराउनु हुँदैन ।
मतदानसम्वन्धी आचरणः
४९. मतदानको दिन मतदान शान्तिपूर्ण तथा सुव्यवस्थितरुपमा सञ्चालन गर्न र मतदाताले कुनै वाधा, अवरोध, हैरानी विना आफ्नोे मताधिकार प्रयोग गर्ने कार्य सुनिश्चित गर्न मतदानमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सहयोग गर्नु पर्नेछ ।
५०. मतदानको दिन मतदान केन्द्र र सोको २०० मिटर वरिपरि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित कुनैपनि किसिमको पहिरन, पोशाक, टोपी, स्टिकर, लोगो, झोला आदिको प्रयोग गर्न र गराउन हुँदैन ।

५१. मतदान केन्द्र र सोको २०० मिटर वरिपरि रहने आफ्नोे प्रतिनिधि र कार्यकर्तालाई कुनै चिन्ह वा संकेत नभएको सादा परिचयपत्र वा व्याच प्रदान गर्नु पर्नेछ ।
५२. मतदान केन्द्र र सोको २०० मिटर वरिपरि भीड जम्मा गर्न र पर्चा, झण्डा, संकेत लगायत निर्वाचन प्रचारका कुनैपनि सामग्री टाँस्न वा टाँस्न लगाउन, राख्न वा राख्न लगाउन र लेख्न वा लेख्न लगाउन हुँदैन । त्यसरी लेख्न वा लेख्न लगाएको रहेछ भने सम्वन्धित राजनीतिक दल वा उम्मेदवारले मतदान कार्य शुरु हुन अघि त्यस्ता सामग्री हटाउनु पर्नेछ ।
५३. मतदानको दिन कुनै दल वा उम्मेदवारको निर्वाचन प्रचार हुने गरी शरीरमा टाटु लगाउने वा टाँक वा टीका लगाउने वा अन्य यस्तै कार्य गर्नु हुँदैन ।
राजनीतिक दल, उम्मेदवार र राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्तिको दायित्व र जिम्मेवारी ः
५४. आफ्नोे कार्यकर्ता तथा समर्थकहरुलार्र्ई निर्वाचन सम्वन्धी आचार संहिताको जानकारी गराई सोको पालना गर्न र गराउन लगाउनु पर्नेछ ।
५५. आफ्ना कार्यकर्ता वा समर्थकबाट आचार संहिता उल्लंघन भएमा सोको जिम्मेवारी त्यस्तो दल र उम्मेदवारले लिनु पर्नेछ ।
५६. निर्वाचनसम्बन्धी ऐन, नियम, आदेश तथा निर्देशिकामा भएका व्यवस्थालार्ई पूर्णरुपमा पालना गर्नु र गराउनु पर्नेछ ।
परिच्छेद – ३
नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायले पालना गर्नुपर्ने आचरण
निर्वाचनको सिलसिलामा नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था, स्थानीय निकाय र सोको कर्मचारीले देहायका आचरण पालना गर्नु पर्नेछ ः–
५७. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकोमा बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, कार्यान्वयन गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा श्रोत, साधनको परिचालन गर्नु र गराउनु हुँदैन ।
५८. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, नयाँ योजना वा कार्यक्रम स्वीकृत गर्ने, शुरु गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यहरु गर्नु र गराउनु हुँदैन ।
तर प्राकृतिक प्रकोपको कारणबाट काबु बाहिरको परिस्थिति सिर्जना भई मानवीय आधारमा सहयोग पु¥याउन कुनै कार्यक्रम सञ्चालन गर्न आवश्यक भएमा त्यस्तो कार्यक्रम सञ्चालन गर्न वाधा पुगेको मानिने छैन ।

५९. नेपाल सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमण वा निरीक्षणमा जाँदा वा जुनसुकै सरकारी काममा संलग्न रहँदा निर्वाचन प्रचार–प्रसारको काममा संलग्न हुनु हुँदैन ।
६०. निर्वाचनमा उम्मेदवार नभएका मन्त्री वा स्थानीय निकायका पदाधिकारी मतदान गर्ने कामको लागि मात्र मतदान केन्द्रभित्र प्रवेश गर्नु पर्नेछ ।
६१. मन्त्रिपरिषद्का अध्यक्ष, मन्त्री, मन्त्रीका सल्लाहकार र राजनीतिक नियुक्ति पाएको व्यक्तिले प्रयोग गर्ने सरकारी साधन, श्रोत र सहुलियत निर्वाचन प्रचार–प्रसारको काममा प्रयोग गर्नु वा गराउनु हुँदैन ।
६२. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय निकायमा कार्यरत कर्मचारीलार्र्ई नेपाल सरकार वा अख्तियारवाला पदाधिकारीले निर्वाचन प्रचार–प्रसारको काममा वा निर्वाचन परिणाममा प्रभाव पार्ने खालको काममा प्रयोग गर्नु वा गराउनु हुँदैन ।
६३. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका निकाय वा स्थानीय निकायका भवन, अतिथि गृह, सभागृह वा त्यस्तै अन्य साधन र सुविधा राजनीतिक दल, उम्मेदवार र निर्वाचनको प्रचार–प्रसारमा संलग्न अन्य व्यक्तिहरुलार्र्ई प्रयोग गर्न दिनु हुँदैन ।
६४. नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायका प्रमुख र कर्मचारीले नेपाल सरकार, त्यस्तो संस्था र स्थानीय निकायको कुनैपनि किसिमको श्रोत तथा साधन निर्वाचन प्रचार–प्रसारका लागि उपलव्ध गराउनु हुँदैन ।
६५. नेपाल सरकारका कर्मचारी तथा सुरक्षाकर्मी, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायमा कार्यरत कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकलाई निर्वाचन सम्वन्धी काममा वाहेक अन्यत्र सरुवा गर्न, काजमा खटाउन, वढुवा गर्न वा रिक्त पदमा पूर्ति गर्नु हुँदैन ।
तर प्रचलित कानूनबमोजिम नियमित रुपमा हुने बढुवाका सम्वन्धमा यो दफा लागू हुने छैन ।
६६. नयाँ पदको सृजना गर्न, विज्ञापन गर्न वा भत्ता बृद्धि गर्न वा ग्रेड, पुरस्कार प्रदान गर्न हुँदैन ।
तर लोकसेवा आयोग र न्याय सेवा आयोगद्वारा नियमित रुपमा गरिने विज्ञापनको सम्वन्धमा र कर्मचारीले नियमित रुपमा प्रचलित कानूनबमोजिम पाउने भत्ता, ग्रेड वा पुरस्कारका सम्वन्धमा यो दफा लागू हुने छैन ।
६७. निर्वाचन अधिकृत नियुक्त भई काम गरेको कर्मचारीलाई निर्वाचनको परिणाम घोषणा भएको पन्ध्र दिनसम्म सरुवा गर्न हुँदैन ।
६८. स्थानीय प्रशासनले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान हुनु तीन दिन अघिसम्म बेलुकी आठ बजेपछि मादक पदार्थ विक्रि वितरण गर्न र मतदानको तीन दिनअघि देखि निर्वाचन परिणाम घोषणा नभएसम्म मादक पदार्थ विक्रि वितरण र सेवनमा रोक लगाउनु पर्नेछ ।
६९. निर्वाचन अधिकृत, मतदान अधिकृत, मतदान केन्द्रमा खटिएका वा निर्वाचनको काममा संलग्न अन्य कुनै अधिकृत, कर्मचारी, अनुगमनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मी, स्वयंसेवक र

पर्यवेक्षकले निर्वाचनको कुनै काम गर्दा तटस्थ र निष्पक्ष रुपमा आफ्नो पदीय कर्तव्य पालना गर्नु पर्नेछ र कानूनबमोजिम कुनै उम्मेदवारलाई आफ्नोे मत दिन बाहेक कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा कुनै किसिमको काम गर्न वा गराउन हुँदैन ।
७०. निर्वाचन कार्यक्रम प्रकाशन भएपछि निर्वाचन समाप्त नहुन्जेलसम्म मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानुपर्ने सरकारी प्रतिनिधि वा प्रतिनिधि मण्डल बाहेक अन्य कुनैपनि प्रयोजनका लागि नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायको तर्फबाट विदेश भ्रमणमा जानु हुँदैन ।
परिच्छेद – ४
गैर सरकारी संस्थाको आचरण
गैर सरकारी संस्थाले निर्वाचनको सम्वन्धमा देहायका आचरण पालना गर्नु र गराउनु पर्नेछ ः–
७१. यो आचार संहिता लागू भएपछि कुनै राजनीतिक दल वा उम्मेदवारलाई प्रभावित पार्ने गरी नयाँ नीति, योजना र कार्यक्रमको घोषणा गर्न वा सो प्रयोजनको लागि जनशक्ति तथा श्रोत साधनको परिचालन गर्नु गराउनु हुँदैन ।
७२. राजनीतिक दलका पदाधिकारी र सदस्य वा कुनै पनि उम्मेदवारबाट कुनै नयाँ योजनाको शिलान्यास वा उद्घाटन गराउने र अन्य यस्तै काम गराउनु हुँदैन ।
७३. आफ्नो नामबाट कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्नु वा गराउनु हुँदैन ।
७४. आफ्नो संस्थाको कुनै पनि श्रोत, साधन कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि उपलव्ध गराउनु हुँदैन ।
७५. निर्वाचन कार्यक्रमलाई प्रभावित पार्ने गरी मतदातालाई कुनै प्रकारले नगद, जिन्सी वा कुनैपनि किसिमको उपहार वा अनुदान दिनु वा दिन लगाउनु हुँदैन ।
७६. निर्वाचन सम्पन्न नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी सभा वा जुलुस पर्दशन जस्ता कार्य गर्नु वा गराउनु हुँदैन ।
७७. मतदाताहरुलाई भ्रममा पार्ने गरी सूचना प्रकाशन वा प्रसारण गर्नु गराउनु हुँदैन ।
स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि “गैर सरकारी संस्था” भन्नाले नाफाको उद्देश्य नराखी प्रचलित कानूनबमोजिम नेपाल सरकारको सम्वन्धित निकायमा दर्ता भएको गैर सरकारी संस्था सम्झनु पर्छ र सो शब्दले विदेशमा दर्ता भई प्रचलित कानून बमोजिम नेपालमा संचालन भएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था समेतलाई जनाउँछ ।
परिच्छेद – ५
आम सञ्चार माध्यमले पालना गर्नुपर्ने आचरण
निर्वाचनको अवधिमा आम संचार माध्यमले देहायका आचरण पालना गर्नु पर्नेछ ः–

७८. सूचना वा समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित भई, पक्षपात नगरी र वस्तुनिष्ठ ढंगले सम्प्रेषण गर्नु पर्नेछ ।
७९. सूचना वा समाचार सम्प्रेषण वा प्रसारण गर्दा कसैप्रति पूर्वाग्रह नराखी र कसैलाई पक्षपात नगरी सम्प्रेषण गर्नु पर्नेछ ।
८०. सूचना वा समाचारको संकलन तथा सम्प्रेषण रोक्न, दबाउन वा लुकाउन हुँदैन ।
८१. सूचना वा समाचार सर्वसाधारणलाई भ्रममा पार्ने गरी सम्प्रेषण गर्न, प्रकाशन वा प्रसारण गर्न हुँदैन ।
८२. निर्वाचनसँग सम्बन्धित शिक्षामूलक समाचार र सूचना सम्प्रेषणलाई उच्च प्राथमिकता दिनुपर्नेछ । सूचना र समाचार संकलन र सम्प्रेषण गर्न कसैले वाधा अवरोध पु¥याएमा सो कुरा समेत सूचना तथा समाचारमा समावेश गर्नु पर्नेछ ।
८३. कसैबाट कुनै किसिमको अनुचित लाभ ग्रहण गर्न वा पेशागत आचरण एवं मान्यता विपरीत हुने कुनै काम कारबाही गर्नु हुँदैन ।
८४. सूचना र समाचार सम्प्रेषण गर्दा, प्रकाशन गर्दा वा प्रसारण गर्दा कसैप्रति कुनै किसिमले भेदभाव दर्शाउने वा हिंसालाई उक्साउने खालको भाषाको प्रयोग गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग, भाषा र सम्प्रदाय वीचको सम्बन्ध र सद्भावमा कुनैपनि किसिमबाट खलल पर्ने गरी सम्प्रेषण गर्न, प्रकाशन गर्न र प्रसारण गर्न हुँदैन ।
८५. निर्वाचनमा विभिन्न जात जाति, धर्म, लिङ्ग, भाषा र सम्प्रदायको सहभागिता अभिबृद्धि हुनेगरी सूचना र समाचार सम्प्रेषण गर्नु पर्नेछ ।
८६. कुनै गलत वा भ्रामक सूचना वा समाचार, सम्प्रेषण, प्रकाशन वा प्रसारण हुन गएमा सम्बद्ध सञ्चार माध्यम तथा सञ्ंचारकर्मीले त्यस्तो सूचना वा समाचार तुरुन्त सच्याउनु पर्नेछ ।
सरकारी स्वामित्वका सञ्चार माध्यमको आचरणः
८७. कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सम्पादकीय लेख्न र प्रसारण गर्न हुँदैन ।
८८. राजनीतिक दल वा उम्मेदवारलाई मतदाता माझ आफ्नो विचार, नीति तथा कार्यक्रम अभिव्यक्त गर्न मनासिब अवसर दिनु पर्नेछ ।
८९. निर्वाचन तथा मतदाता शिक्षासम्वन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न प्राथमिकता दिनु पर्नेछ ।
निःशुल्क प्रसारण सुविधा
९०. संविधानसभा सदस्यको निर्वाचनमा भाग लिने राजनीतिक दलको नीति तथा कार्यक्रम प्रचार–प्रसारको प्रयोजनको लागि आयोगले सो दललाई सो दलले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा खडा गरेको कुल उम्मेदवारको अनुपातमा रेडियो र टेलिभिजन प्रसारण सेवामा निःशुल्क समय उपलव्ध गराउनेछ ।
ज्ञण्
९१. आयोगले दफा ९० बमोजिमको समय उपलव्ध गराउँदा देहाय बमोजिमको तीन चरणमा उपलव्ध गराउनेछ ः–
क) पहिलो चरणमा राजनीतिक दलको घोषणापत्र सार्वजनिक गर्नको लागि पाँचदेखि बीस मिनेटसम्म रेडियो प्रसारण सेवामा,
ख) दोस्रो चरणमा निर्वाचन प्रसारको लागि दुईदेखि पाँच मिनेटसम्म टेलिभिजन प्रसारण सेवामा, र
ग) तेस्रो चरणमा प्रत्येक राजनीतिक दललाई अभिमतको लागि अन्तिमरुपमा आव्हान गर्न दफा ९३ बमोजिमको मौन अवधि शुरु हुनुअघि एक एक मिनेट टेलिभिजन प्रसारण सेवामा ।
९२. दफा ९१ मा उल्लिखित चरणमा प्रसारण गरिने सामग्री सम्वन्धित दलले तयार गरी सम्वन्धित प्रसारण सेवालाई दिनु पर्नेछ ।
९३. मौन अवधिमा प्रचार–प्रसार गर्न नहुने ः आम सञ्चार माध्यमले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचार–प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्नु हुँदैन ।
तर आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न यस दफाले वाधा पु¥याएको मानिने छैन,
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “मौन अवधि” भन्नाले मतदान हुने दिनको अघिल्लो अठचालीस घण्टा देखि मतदानको दिन अन्तिम मतदान केन्द्र बन्द नहुन्जेलको समय सम्झनु पर्छ ।
९४. अभिलेख राख्नु पर्ने ः आम सञ्चार माध्यमले निर्वाचनको सम्बन्धमा प्रकाशन वा प्रसारण गरेका प्रत्येक सूचना र समाचार त्यसरी प्रकाशन वा प्रसारण भएको मितिले पंैतीस दिनसम्म सुरक्षित राख्नु पर्नेछ ।
९५. सूचना तथा समाचार सम्प्रेषणको अनुगमन गर्ने ः (१) आयोगले आम सञ्चार माध्यमहरुबाट सम्प्रेषण, प्रकाशन र प्रसारण भएका निर्वाचन प्रचार–प्रसारसम्वन्धी सूचना र समाचारको नियमित अनुगमन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा कुनै समाचारको सम्प्रेषण, प्रकाशन वा प्रसारणबाट आचार संहिताको उल्लङ्घन भएको देखिएमा त्यस्तो सूचना वा समाचार सच्याउन आयोगले सम्वन्धित सञ्चार माध्यमलाई निर्देशन दिनेछ ।
(३). उपदफा (२) बमोजिमको निर्देशन प्राप्त भएपछि सम्वन्धित सञ्चार माध्यमले त्यस्तो सूचना सच्याउनु पर्नेछ ।
ज्ञज्ञ
परिच्छेद–६
निर्वाचन खर्च सम्वन्धी व्यवस्था
९६. निर्वाचन खर्चको अधिकतम सीमा ः (१) निर्वाचनको खर्चको अधिकतम सीमा अनुसूची–२ मा तोकिए बमोजिम हुनेछ ।
(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनको उम्मेदवारले निर्वाचन सम्बन्धी कार्यमा खर्च गर्दा अनुसूची–२ मा तोकिएको सीमाभित्र रही खर्च गर्नु पर्नेछ र निर्वाचन खर्चको विवरण निर्वाचन परिणामको घोषणा भएकोे मितिले पैंतीस दिनभित्र अनुसूची–३ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा बुुझाउनु पर्नेछ ।
(३) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा भाग लिएका राजनीतिक दलले निर्वाचन सम्बन्धी कार्यमा खर्च गर्दा अनुसूची–२ मा तोकिएको सीमाभित्र रही खर्च गर्नु पर्नेछ र निर्वाचन खर्च सम्बन्धी विवरण अनुसूची–४ बमोजिमको ढाँचामा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले पैंतीस दिन भित्र निर्वाचन आयोग समक्ष बुझाउनु पर्नेछ ।
(४) प्रत्येक उम्मेदवारले निर्वाचनको कार्यमा स्वयम् वा आफ्नो प्रतिनिधिद्वारा मात्र खर्च गर्नु, गराउनु पर्नेछ ।
परिच्छेद – ७
आचार संहिताको कार्यान्वयन तथा अनुगमन
९७. अनुगमन टोली गठन गर्न सक्ने ः (१) यो आचार संहिताको पालना भए नभएकोे जाँचवुझ वा अनुगमन गर्न आयोगले आवश्यकता अनुसार अनुगमन टोली वा अन्य संयन्त्र गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन टोली वा संयन्त्र गठन भएकोमा त्यस्तो टोली वा संयन्त्रले जाँचवुझ वा अनुगमन सम्वन्धी प्रतिवेदन आयोगले तोकिदिएको अवधिभित्र आयोगसमक्ष पेश गर्नु पर्नेछ ।
९८. आचार संहिता उल्लङ्घनको सूचना वा जानकारी दिन सकिनेः (१) यो आचार संहिताको उल्लङ्घन भएको थाहा पाउने राजनीतिक दल, उम्मेदवार वा अन्य कुनै व्यक्ति वा संस्थाले आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय वा दफा ९७ बमोजिमको अनुगमन टोली वा संयन्त्रमा जानकारी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचना वा जानकारीबाट वा अन्य कुनै स्रोतबाट आचार संहिताको उल्लङ्घन भएको थाहा भएमा आयोग, सम्वन्धित निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा संयन्त्र वा मतदान अधिकृतले सो सम्वन्धमा जाँचबुझ गर्नेछ ।
तर आचार संहिताको उल्लङ्घन तत्काल रोक्नु पर्ने प्रकृतिको देखिएमा आयोग वा सम्वन्धित निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा संयन्त्र वा मतदान अधिकृतले सम्वन्धित राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल वा उम्मेदवारसँग सम्वन्धित
ज्ञद्द
व्यक्ति, आम सञ्चारका माध्यम लगायत अन्य संघ संस्था वा व्यक्तिलाई कुनै काम गर्न वा नगर्न तत्काल आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको जाँचवुझबाट आचार संहिताको उल्लङ्घन भएको देखिएमा आयोग वा सम्वन्धित निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा संयन्त्र वा मतदान अधिकृतले सम्वन्धित राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्ति, आम सञ्चारका माध्यम लगायत अन्य संघ संस्था वा व्यक्तिलाई कुनै काम गर्न वा नगर्न आदेश दिन सक्नेछ ।
(४) उपदफा (२) वा (३) को आदेशबमोजिमको काम नभएमा आयोग वा सम्वन्धित निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा मतदान अधिकृतले स्थानीय प्रशासन र प्रहरीको सहयोग लिई आचार संहिताको पालना गर्न लगाउनेछ ।
(५) आयोग वा सम्वन्धित निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा संयन्त्र वा मतदान अधिकृतले उपदफा (४) बमोजिम माग गरेको सहयोग दिनु स्थानीय प्रशासन र प्रहरीको कर्तव्य हुनेछ ।
(६) निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा संयन्त्र वा मतदान अधिकृतले आचार संहिताको उल्लंघन सम्वन्धी उजुरी र सोको कार्यान्वयनसम्वन्धी विवरण निर्वाचन आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।
(७) यो आचार संहिता पालना गर्नुपर्ने निकाय, अधिकारी, संस्था वा व्यक्तिले पालना नगरेमा सोको जानकारी आयोगले सञ्चार माध्यममार्फत सर्वसाधारणलाई जानकारी गराउनेछ ।
(८) कर्मचारीले आचार संहिता उल्लङघन गरेमा निर्वाचन अधिकृत वा मतदान अधिकृतले आवश्यक कारवाहीका लागि सोझै वा जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने छ ।
परिच्छेद – ८
विविध
९९. प्रहरी प्रशासनलाई सूचना वा लिखित उजुरी दिनुपर्ने ः कुनै राजनीतिक दल, उम्मेदवार र राजनीतिक दल तथा उम्मेदवारसँग सम्वन्धित व्यक्तिले निर्वाचन प्रचार–प्रसार गर्दा कुनै व्यक्ति वा समूहले त्यस्तो प्रचार–प्रसारमा बाधा अवरोध पु¥याएमा त्यस्ता व्यक्ति वा समूहउपर प्रचलित कानूनबमोजिम कारवाही गर्न त्यस्तो दल, उम्मेदवार र व्यक्तिले स्थानीय प्रहरी प्रशासनलाई सूचना वा लिखित उजुरी दिनुपर्नेछ । त्यस्तो व्यक्ति उपर आफंैले कुनै किसिमको कारवाही गर्नु हुँदैन ।
१००. प्रचार–प्रसार लैंगिकमैत्री तथा फरक किसिमले सक्षम व्यक्तिमैत्री हुनु पर्नेः (१) निर्वाचन प्रचार–प्रसार गर्दा लैंगिकमैत्री तथा फरक किसिमले सक्षम व्यक्तिहरुप्रति संवेदनशील भएर गर्नु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि महिला तथा फरक किसिमले सक्षमता भएका उम्मेदवारको आत्म सम्मानमा ठेस पुग्ने तथा चरित्र हत्या गर्ने काम गर्नु हुदैन ।
ज्ञघ
१०१. मत सर्वेक्षण गर्न गराउन नहुने ः कसैले पनि उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदानको कार्य समाप्त नभएसम्म कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको परिणामका सम्वन्धमा मत सर्वेक्षण गर्न र उम्मेदवारको मनोनयन दर्ता हुनुअघि नै यस्तो मत सर्वेक्षण गरिएको रहेछ भने उम्मेदवारको मनोनयन दर्ता भएपछि मतदानको कार्य समाप्त नभएसम्म त्यस्तो मत सर्वेक्षणको परिणाम समेत प्रकाशन गर्नु हुँदैन ।
१०२. अनुगमनसम्वन्धी विवरण प्रकाशन गर्नुपर्ने ः आयोगले यस आचार संहिताको पालना भए नभएको सम्वन्धमा गरेको अनुगमन सम्वन्धी विवरण सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
१०३. वाधा अड्काउ फुकाउन सक्ने ः यो आचार संहिताको कार्यान्वयन गर्दा कुनै वाधा अड्काउ आइपरेमा आयोगले आदेश जारी गरी त्यस्तो वाधा अड्काउ फुकाउन सक्नेछ ।
१०४. खारेजी ः संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०६४ खारेज गरिएको छ ।
द्रष्टव्यः आचार संहिता उल्लंघन गरेमा हुने सजाय (निर्वाचन आयोग ऐन, २०६३ को दफा २९)
कसैवाट आचार संहिता पालना नभएको वा उल्लङ्घन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा वदर गर्नको लागि निर्वाचन आयोगले सम्वन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ र त्यस्तो आदेशबमोजिम काम कारवाही नरोक्ने वा वदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने एवम् आचार संहिताको उल्लङ्घन गरेको कारणवाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरवाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन खर्चको हदभन्दा वढी खर्च गरेमा वा खर्चको विवरण आयोग समक्ष पेश नगरेमा आयोगले निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने दायीत्व भएको व्यक्तिलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन वढी हुन्छ सोही वरावरको रकम जरिवाना गर्न सक्ने र खर्चको लेखा परीक्षण प्रतिवेदनको आधारमा अनुचित तवरले खर्च गरेको देखिएमा त्यस्तो व्यक्तिलाई तत्कालै देखि लागू हुने गरी वढीमा ६ बर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गरी आयोगले निर्णय गर्न सक्ने र यसरी निर्णय गरेकोमा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुने (निर्वाचन आयोग ऐन, २०६३ को दफा ३१) ।
ज्ञद्ध
अनुसूची – १
(दफा४० सँग सम्बन्धित)
सवारी साधन प्रयोग गर्ने निस्सा
निर्वाचन अधिकृतको कार्यालय
निर्वाचन क्षेत्र नं...............
जिल्ला...........
सवारी साधन धनीको नाम, थर, वतन ः..........................................................
सवारी साधन दर्ता नंं ः...........................
सवारी साधन दर्ता इजाजत पत्र प्राप्त गरेको जिल्ला÷अञ्चल .................
सवारी साधन प्रयोग गर्ने उम्मेदवारको नाम, थर, वतन.....................
राजनीतिक दलको नाम .....................................
अनुमति वहाल रहने अवधि ...................................
सवारी संख्या १÷२
ज्ञछ
अनुसूची – २
दफा ९६ को उपदफा (१),(२) र (३) सँग सम्बन्धित.
निर्वाचन खर्चको सीमा
क. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारले गर्न पाउने निर्वाचन
खर्चको अधिकतम सीमा
१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले जम्मा दश लाख रुपैंया खर्च गर्न सक्नेछ ।
२. प्रकरण नं. १ मा उल्लिखित खर्च देहायका शीर्षकमा गर्न सकिने छ ।
क्र.सं.
खर्च शीर्षक
खर्च रु.
१.
मतदाता नामावली खरिद
२.
सवारी साधन – १÷घोडा – २
३.
सवारी इन्धन÷दाना
४.
पर्चा छपाई
५.
ढुवानी
६.
आमसभा, गोष्ठी
७.
अन्य प्रचार–प्रसार छापा एवं विद्युतीय माध्यम.
८.
कार्यालय सञ्चालन
९.
कार्यकर्ता परिचालन
१०.
बुथ खर्च
११.
विविध
जम्मा ः–
ख. समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले आफूले पेश गरेको बन्द सूचीमा उम्मेदवारी दिएको उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु. पचहत्तर हजारका दरले हुन आउने रकम सम्म खर्च गर्न सक्नेछ ।
ज्ञट
अनुसूची – ३
दफा ९६ को उपदफा (२) सँग सम्बन्धित.
निर्वाचन खर्चको विवरण
श्री जिल्ला निर्वाचन कार्यालय,
.................... जिल्ला,
संविधानसभा सदस्यको निर्वाचनको लागि ............................. जिल्ला, निर्वाचन क्षेत्र नं. .................... बाट म÷श्री÷श्रीमती÷सुश्री ............................................ उम्मेदवार भएकोमा सो सम्बन्धमा मैले÷निज उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७० को दफा ६९ को उपदफा (४) तथा संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०७० को दफा ९६ बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छ ः–
क्र.सं.
खर्चको शीर्षक
कार्य परिमाण
खर्चको रकम
कैफियत
१.
मतदाता नामावली खरिद
२.
सवारी साधन÷घोडा

कुल जम्मा
सही ः
नाम, थर ः
मिति ः
उम्मेदवार÷निर्वाचन प्रतिनिधि ः
ज्ञठ
अनुसूची – ४
दफा ९६ को उपदफा (३) सँग सम्बन्धित.
निर्वाचन खर्चको विवरण
श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।
संविधानसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ................................. राजनीतिक दलले गरेको सम्पूर्ण खर्चको विवरण संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७० को दफा ६९ को उपदफा (४) तथा संविधान सभा सदस्य निर्वाचन आचार संहिता, २०७० को दफा ९६ बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छ ः–

राजनीतिक दलको नाम ः
पद ः
मिति ःज्ञ

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day