श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

नवलपरासीको डम्बर निमावि पिपरपाती बैरियामा संचालित ४ दिने श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगितमा प्रावितर्फ कोटही देवी प्रावि माधवपुर तृतिय स्थान हासिल गरेको छ । त्यस्तै सरस्वती देवी प्रावि नन्दनगर द्धितिय र जनता दलित प्रावि सुस्ता प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभुत तर्फ संचालित गरिएको खेल प्रतियोगितामा जन जागृति उच्च मावि गूठी परसौनी तृतिय स्थान हासिल गरेको छ भने नेपाल राष्ट्रिय मावि नरसही द्धितिय र राष्ट्रिय उच्च मावि छिबनी प्रथम स्थान हासिल गरेको छ । खेल अलग अलग २ विधामा संचालित गरिएको थियो । आधारभुततर्फ श्रोतकेन्द्रमा भएका सबै माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएका थिए भने प्रावितर्फको खेलमा श्रोतकेन्द्र अन्तर्गतका सबै प्राथमिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
आयोजकले उत्कृष्ठ खेलाडीलाई पनि पुरष्कृत गरेको छ । प्रावि छात्रातर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार दलित प्रावि सुस्ताकी छात्रा बुधनी थारु र प्रावि छात्रतर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार नन्दनगरका खेम बहादुर कुमाललाई प्रदान गरेको छ । त्यस्तै, आधारभुततर्फका छात्र राष्ट्रिय मावि छिबनीका यम बराललाई तथा छात्रातर्फ जन जागृति मावि गूठी परसौनीका गुडियालाई प्रदान गरेको छ । त्यस्तै मार्चपासमा सहभागी भएका सबै विद्यालयमध्ये पनि उत्कृष्ठलाई पुरस्कृत गरेको छ । महेन्द्र मावि कुडिया र गणेश मावि बसहीयाले तेश्रो स्थान तथा द्धितिय स्थानको पुरस्कार ३ वटा विद्यालय जनता निमावि घोडहा, ब्रह्म बाबा जमुनिया र डम्बु बहादुर निमावि पिपरपाती बैरियाले पाएका छन् । त्यस्तै ज्ञानमन्दिर प्रावि सुर्यपुराले प्रथम स्थान हासिल गरेको छ । खेलमा बेलाटारी श्रोतकेन्द्र अन्तर्गतका ५० वटा विद्यालयका ३ सय खेलाडी विद्यार्थीहरुले भाग लिएका थिए ।
 पौष २३ गतेदेखि सञ्चालनमा आएको खेलका विजेता खेलाडीहरुलाई समापन समारोहमा पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र कुमार कोईरीको सभापतित्व तथा जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा संचालित समापन समारोहमा खेलाडीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै शिक्षा अधिकारी थापाले शिक्षा तथा खेल विकासका लागि स्थानीय निकायले समेत लगानी बढाउनुपर्नेमा जोड दिएका थिए । अहिले गाविसहरुमा गाउ परिषद चलिरहेको अवस्था छ, दलका प्रतिनिधि तथा समाजसेवीको यसतर्फ ध्यान जानुपर्ने र स्थानीय स्तरबाटै खेललाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । समापन कार्यक्रममा नेपाल किसान संघ नवलपरासीका अध्यक्ष तथा देवकोटा क्याम्पस सुनवलका पुर्व क्याम्पस प्रमुख श्रवण कुमार कुशवाहा, प्राचार्य सत्यदेव पाण्डेय, श्रोत व्यक्ति ईन्दिरा बडाल, विद्यालय निरिक्षक तुलसी अधिकारी लगायतकाले बोलेका थिए ।
वृजराज कुशवाहा पौष २६
.............................................................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day