नवलपरासीमा नागरिकता बिहिनद्धारा संघर्षको चेतावनी



नवलपरासी
नागरिकता पाउनबाट वञ्चित रहेका मधेशी यूवाहरुको एक समूहले नवलपरासीको परासीमा आज एक बृहत र्यालीको आयोजना गरी प्रमुख जिल्ला अधिकारीसंग तत्काल नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ ।
राज्य बिहिन मधेशी युवा संघर्ष समिति नवलपरासीको गठन गर्दै नवलपरासीका मधेशी यूवायूवतीहरुले नागरिकता नदिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । नवलपरासीका सबै मधेशवादी राजनीतिक दलका नेताहरु संलग्न र्यालीपछि प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने लगायतका ७ बूंदे माग अगाडि सारिएको छ ।
आमाका नागरिकता भएका परिवारका व्यक्तिहरुबारे सजमिन गरी गाबिसको सिफारिसमा वंशजको आधारमा नागरिकता दिन अड्चन पैदा गर्ने जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कार्वाही गर्न माग गरिएको छ । वंशज तथा विवाहका आधारमा नागरिकता प्राप्त गर्ने पर्याप्त आधार हुँदा पनि नागरिकताको महत्व नबुझेर नबाउने महिलाहरुका लागि राज्यले चेतना स्तर उकास्ने कार्यक्रम ल्याउनुपर्ने तर्फ ध्यानाकर्षण गरिएको छ ।
अपांगता भएका तथा आर्थिक अवस्था ज्यादै न्युन भएका अल्पसंख्यक, सिमान्तकृत (दलित, महिला, मुस्लिम, जनजाति, मधेशी) गरिब आदिलाई घरदैलो अभियान चलाएर नागरिकता वितरण तथा मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था यथाशिघ्र गर्नुपर्ने माग गरिएको छ ।
 परासीको बालमन्दिरमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले राज्यले नागरिकताको नाममा मधेशीलाई विभेद गरेकोले अविलम्ब विभेद हटाई समान रुपमा नेपाली नागरिकता वितरण गर्नमा जोड दिएका थिए ।
थर्ड एलाईन्स र माहुरी होम कपिलवस्तुको सहयोगमा संचालित कार्यक्रममा मधेश जनाधिकार फोरमका अध्यक्ष सुवास गिरी, फोरम लोकतान्त्रिकका अध्यक्ष धिरेन्द्र यादव, सदभावना पार्टीका कैलाश महतो, तमलोपाका राधेरमन पाण्डेय, तमलोेपा नेपालका रामाज्ञा पाण्डेय, थर्ड एलाइन्सका पश्चिमाञ्चल संयोजक शैलेन्द्र प्रसाद हरिजन, हूरीपपका नवलपरासी अध्यक्ष तथा पत्रकार वृजराज कुशवाहा, माहुरी होम अध्यक्ष रबी ठाकुर लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रम राज्य बिहिन मधेशी युवा संघर्ष समितिका केन्द्रिय अध्यक्ष संगीता चौरसीयाको सभापतित्वमा संचालन भएको थियो ।
फोटो पनि छ
वृजराज कुशवाहा चैत १६

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day