त्रिवेणी दुर्घटनामा ज्यान गुमाएको स्मृतिमा स्वस्ती शान्ति तथा श्रद्धाञ्जली सभा

 त्रिवेणी दुर्घटनामा ज्यान गुमाएको स्मृतिमा स्वस्ती शान्ति तथा श्रद्धाञ्जली सभा

          नवलपरासीको त्रिवेणी ९ स्थित ठुलो गण्डक नहरमा गत असार ३१ गते बस दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएको १३ औ दिनको पुन्यतिथीमा सुक्रवार दुर्घटना स्थलमा स्वस्ती शान्ति तथा श्रद्धाञ्जली सभा गरिएको छ । 
स्थानीय समाज सेवी मोतिलाल उपाध्यायको अध्यक्षाता र प्रमुख जिल्ला अधिकारी विरवहादुर राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उज्जवल शिशु माविका प्रध्यानाध्यापक प्रकाश कुवंर भारत विहार वाल्मिकी नगर हियुूमन ट्राफिक अध्यक्ष चन्द्रु चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
            कार्यक्रममा प्रमुख अतिथी नवलपरासीका प्रमुख जिल्ला अधिकारी वीर बहादुर राईले मृतकलाई श्रद्धान्जली तथा परीवारलाई समवेदना व्यक्त गर्दे उहाले भन्नुभयो – पुराना भईसकेका र समयसिमा सकिएको सवारी साधनहरु यस रुटमा अत्याधिक मात्रामा चलिराखेको हुनाले दुर्घटना निम्तिएको हो । उहांले त्यस्तो समयसिमा नाघेको सवारी साधन बन्देज गराउनका लागि प्रशाशन र समितीबिच छिट्टै छलफल भइरहेको समेत जानकारी गराउनुभयो । मृतकका परिवारलाई कृयाखर्च वापत सरकारबाट ३५÷३५ हजार रुपैया करीब २५ जना परिवारलाई उपलब्ध गराइ सकेको र अन्य सम्पर्कमा नआएको राईले बताउनुभयो ।
             कार्यक्रममा सशस्त्र प्रहरी नवलपरासीका प्रहरी उपरीक्षक नेत्रवहादुर खत्री, इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक डम्बर कुमार तामाङ, स्थानीय संघसंस्था, नागरीक समाज, पत्रकार र मृतकका परीवारजनहरुको समेत उपस्थिति रहेको थियो ।  झुलनीपुरबाट त्रिवेणीतर्फ बोलबमका तिर्थयात्री लिएर आईराखेको लु १ ख २३५६ नं को बस त्रिवेणी ९ स्थित लक्ष्मिपुर नजिकको गण्डक नहरमा खस्दा ४ जना नेपाली सहित ४० जनाले ज्यान गुमाएका थिए । 
एम्बिसन युथ क्लब रानीनगर वाल्मिकी युवा क्लब महलवारी गाउ समाज बनकट्टीको आयोजना तथा जनकल्याण समाज केन्द्र गुदरियाको सहयोगमा सामुहिक स्वस्ती शान्ति तथा श्रद्धान्जली अर्पण गरिएको हो । 
              स्वस्ती शान्तिमा ३२ जना पण्डितहरुले सामुहिक रुपमा स्वस्ती शान्ति गरेका थिए । 

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day