दिर्घकालिन उपयोगको सोंच ल्याउनुपर्ने



       दशैं पर्व चल्दैछ । ठाउठाउमा दुर्गा मुर्ति बनाइ भव्यताका साथ पुजा गरिदैछ । मुर्ति निर्माण, पुजा सामाग्री, नाचगान, सजावटमा लाखों रकम खर्चिने गरिएको छ । हरेक स्थानमा भैरहेको यो खर्चको कुनै दिगोपना छैन । अर्थात पुजा सकिएपछि यस लागतको कुनै अवशेष बच्दैन । यसरी धर्म र पुजाको नाममा चन्दा उठाइने र खर्च गरिने यस रकमको दिर्घकालिन सोंचका साथ प्रयोग गर्ने हो भने पुजाका साथै साथै ठोस भैातिक संरचना पनि तयार हुनेथ्यो । जुन यसै समाजका लागि धरोहर बन्थ्यो । यो क्रम फेरी मधेशमै व्याप्त छ ।
             यसबारे सोच्नु पर्ने होइन त ? हामीले नसोंचे कसले सोंच्ने ? यो सोंच अहिले नगरे कहिले गर्ने ?
विचार गर्नुस त यसरी खर्चिने लाखों रकमको भोतिक अवशेष केही पनि बाकी  नरहंदा लगानी खेर गएको जस्तो लाग्दैन र तपाइलाइ ?
            चन्दाको यस रकमको प्रयोग पुजा मै भएपनि दिगो प्रयोजनका लागि भएको छैन । अाज हजारेां रूपिया खर्च गरी बनाइएको माटोको मूर्ति फाल्ने गरिएको छ । अर्थात हजारों रूपिया खेर गैरहेको छ । यसलाइ स्थायीत्व दिउं । स्थायीत्व दिदा दिगो हुन्छ । एकपटक बनाएको संरचना वर्षोंका लागि हुन्छ । भावी वर्षमा थप काम गर्न सकिन्छ भने यसो किन नगर्ने ? उठाउने गरिएको चन्दाबाट क्रमशः स्थायी मुर्ति, स्थायी मन्दिर, स्थायी पुजा स्थल, स्थायी पुजारी र वर्षैभरी हुने पुजाको व्यवस्था गर्न सकिन्छ ।
             न्युन अाय स्तरको व्यक्ति पनि नीजि घर बनाउदा पनि दिगो सोंच राख्ने गर्छ । कच्चि भन्दा पक्की घर नै बनाउन चाहन्छ । यो एउटा साधारण सोंच हो । किनकी यो बनावट दिगो हुन्छ । एउटा कमजोर अाय भएको व्यक्तिले जब सानो काममा पनि दिगो सोंच राख्छ भने हामी समाजका थुप्रै व्यक्ति मिलेर बनाइने मुर्ति र पुजा उत्सवलाइ किन दिगोपना दिन नसकेको होला ?    थप क्रमशः.......

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day