प्रशासनले भैरहवा घटनालाई साम्प्रदायिक बनाउन खोजेको आरोप
जुलुसमा सादा पोशाकका सेनाको घुसपैठ भएको भण्डाफोर, समाचार प्रकाशन नभए पत्रकारलाई कार्वाही गर्ने कडा चेतावनी
प्रारम्भिक संविधानको मस्यौदामा ल्याईएको ६ प्रदेशको संरचनाले मधेशीको
हकहित नगर्ने दावी गर्दै आन्दोलित बनेका थरुहट मधेशी संयुक्त मोर्चाले आह्वान
गरेको मधेश बन्दको १२ आें दिन आज सुक्रवार परासीमा वृहत विरोध सभामा नेताहरु
आक्रामक देखिए । पत्रकारलाई चेतावनी दिएका छन् भने भैरहवा घटनामा सेनाको घुसपैठ
रहेको आरोप लगाएका छन् 
स्थानीय एफएमहरु,
स्थानीय साप्ताहिक र
दैनिक पत्रिकाहरु, अनलाईन मिडिया र
कान्तिपुर जस्ता नेशनल मिडियाहरुमा समेत मधेश आन्दोलनको समाचारलाई प्रकाशन नगरिएको, गरेपनि सानो स्थान
दिने र त्यो पनि बंग्याएर सार्वजनिक गर्ने गरिएको बताए ।
करीब एक हजार बढी जनता भेला भएको परासी बुद्ध चोकको विरोध सभामा बोल्दै
नवलपरासी थरुहट तथा मधेशी दलका नेताहरुले चेतावनी दिएपछि आन्दोलनकारीले पत्रकारलाई
लक्षित गरेका छन् । पत्रकारको आवतजावत गर्ने बाटो, उठबस गर्ने स्थान लगायतका कुरामा निगरानीमा
राखिएपछि पत्रकारहरु मानसिक दबावमा परेका छन् । नवलपरासी पत्रकारहरुले यस घटनालाई
मधेशवादी दलका नेताहरुले आतंकित बनाउने काम गरेको प्रतिक्रिया दिएका छन् ।
नवलपरासी प्रशासनले भैरहवा घटनाको कारण आज नवलपरासीमा विशेष सतर्कता
अपनाएको देखिन्थ्यो । विहानैदेखि चार वटै सुरक्षा निकायसंगको बैठकमा व्यस्त रहेका
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले सुरक्षाफौज सतर्कता अपनाएको बताए भने
प्रहरी प्रमुख प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले प्रहरीका जवानहरु कसैलाई
डिस्टर्ब नगर्ने र जवानमाथि आक्रमण भए प्रहरीले सुरक्षात्मक उपाय अपनाउने निर्देश
गरिएको जानकारी गराएका थिए ।
आन्दोलन अराजक बन्दै गएकोले क्षति न्युनिकरण गर्ने तथा आपसी समन्यका लागि
पहल गर्दै आएका मानवअधिरकारकर्मी नारायण पराजुली र वृजराज कुशवाहाले प्रमुख जिल्ला
अधिकारीसंग सम्वादका लागि जिल्ल प्रशासन कार्यालय परासी पुगेका थिए । प्रजिअ
मैनालीले आफुले विगत केही समयदेखि पहल गरीरहेको तर सम्भव नभएको जानकारी गराएका थिए
। प्रजिअले आफुले आन्दोलनमा क्षति न्युनिकरणका साथै आवश्यक विचार विमर्शका लागि
सर्वदलिय बैठक बोलाएको तर आन्दोलित दलहरु बैठकमा नआएको चिन्ता जनाएका थिए ।
मानवअधिकारकर्मीहरुले विगत केही समयदेखि आन्दोलनकारी समुह र प्रशासनबीच
थालेको शान्तिपुर्ण सदभावको प्रयासको पहलले सुक्रवारको आन्दोलन शान्तिपुर्ण रहेको
निष्कर्ष निकालिएको छ । सदभावना पार्टीका विजयनाथ यादवले प्रहरी आक्रामक रहेको र
आज आन्दोलनकारीले संयमता अपनाएका कारण प्रहरीको सुनियोजित भिडन्त असफल भएको तर्क
गरेका छन् ।
मोर्चाले बेलासपुरबाट नेपाली कांग्रेसका ५ नं. क्षेत्रका सभासद विक्रम
खनालको शवयात्रा गरी बुद्धचोकमा विरोध सभामा परिणत भएको थियो । त्यस्तै अखण्ड
नवलपरासीको माग गर्ने समुहले परासीमा रक्तदानको कार्यक्रम गरेको थियो भने दलित
समुदायले पनि परासीमा विरोध सभा गरेको थियो ।
०७२ भदौ ४ गते



Comments
Post a Comment