नवलपरासीमा संघिय समाजवादी फोरम नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र नया शक्तिबीच चुनावी तालमेल

वृजराज कुशवाहा, नवलपरासी, ४ असार ।
पार्टी केन्द्रिय कमिटिको निर्देशनका बावजुद पनि अलमलमा परेका संघिय समाजवादी फोरम नेपाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दिएका छन् । जिल्लामा राजपाको प्रभावका कारण आफुहरु चुनवामा जादा मधेशबाट एक्लिने हो कि भन्ने मानसिक दबावमा परेका उनीहरु अन्ततः नया शक्तिसंग चुनावी तालमेल गरि उम्मेदवारी दर्ता गराएका हुन् । यस अघी उनीहरु केन्द्रमा जे जस्तो निर्णय भएपनि जिल्लामा राजपाको साथमा उभिने प्रतिबद्धता जनाएका थिए ।
जिल्लाको प्रतापपुर र सरावल गाउपालिका गरि २ स्थानीय तहमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गराएको छ । सुस्ता र पाल्हीनन्दन गाउंपालिका गरि २ स्थानीय तहमा संघिय समाजवादी फोरम नेपालले आफना उम्मेदवार उठाएको छ । रामग्रााम, सुनवल र बर्दघाट नगरपालिका गरी ३ स्थानीय तहमा नयां शक्तिले उम्मेदवारी दिएको छ । उनीहरु आ आफनो चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराएका हुन् ।
संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पनि उम्मेदवारी दिएका छन् । उनले पाल्हीनन्दन गाउंपालिकाकाे अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । त्यहा उपाध्यक्ष पदमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी गराएकाे छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day