नवलपरासीको एक गाविसमा तालाबन्दी


गाउँ परिषद्ले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एकीकृत नेकपा माओवादी र नेकपा एमालेले नवलपरासीको कोटथर गाविसमा तालाबन्दी गरेका छन् । आर्थिक बर्ष २०६७०६८ को गाउँ परिषद्ले गाविस कार्यालय र उपस्वास्थ्य चौकीको सञ्चालन संबन्धि निर्णय कार्यान्वयन नभएको भन्दै तालाबन्दी गरेको एमालेका स्थानीय नेता हिरासिंह रेश्मीमगरले बताउनुभयो ।

परिषद्ले वडा नंबर ५ मा उपस्वास्थ्य चौकी भएकाले गाविस कार्यालय वडा नंबर ४ मा राख्नुपर्ने निर्णय गरेको थियो । तर दलहरुको  सहमतिलाई वेवास्ता गर्दै उपस्वास्थ्य चौकी रहेकै वडा नंबर ५ मा गाविस कार्यालय सञ्चालन गरेकोले तालाबन्दी गरेको एमाले नेता रेश्मीमगरले बताउनुभयो ।

नेपाली कांग्रेसका कारण उपस्वास्थ्य चौकी र गाविस भवन एउटै वडामा राखिएको माओवादी र एमालेको आरोप छ । ‘गाविसका पूर्व अध्यक्ष चन्द्रबहादुर आले र उहाँको पार्टी कांग्रेसको अडानका कारण सहमति अनुसार काम हुन सकेन’ रेश्मीले भन्नुभयो ।

विवाद भएपछि गाविस सचिवलाई जिल्ला विकास समितिमा नै काजमा राखिएको छ । दलहरुको जिल्ला स्तरिय नेताहरुको रोहवरमा समस्या समाधान गर्ने स्थानीय विकास अधिकारी रामुराज कडरियाले बताउनुभयो ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day