उद्याेगपतिकाे दादागिरी विरूद्ध स्थानीयवासीन्दा, डिष्टिलरी बन्द गर्नुपर्ने अडान

ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर नवलपरासीले डिष्टिलरी संचालनमा ल्याएपछि बढेको प्रदुषणले पीडित स्थानीयवासीहरु संगठित भई आज उद्योग अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै डिष्टिलरी बन्द गर्नुपर्ने माग दोहोर्याएका छन् ।

उद्योगले जथाभावी बगाउदै आएको प्रदुषित पानी थुनेर संघर्षमा उत्रेका स्थानीयवासीहरु मागप्रति बेवास्ता गरिएपछि  आन्दोलित हुनुपरेको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवले बताए । उनले भने उद्योगपतिले किसानको मागलाई बेवास्ता गर्दै दादागिरी देखाएपछि जनता विरोधमा उत्रेको हो ।
यसअघि साउन २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय परासीमा उद्योगपक्ष र पीडित स्थानीवासीबीच हुने भनिएको छलफलमा उद्योगपक्ष उपस्थित भएन । उद्योगपति उपस्थित नभएकै कारण प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहबरमा हुने भनिएका कैयौं पटकका वार्ता असफल हुदै आएको छ ।
प्रमुख जिल्ला अधिकारीले अनुसार किसानले आफनो क्षतिको विवरण जिल्ला प्रशासनमा बुझाउने र उद्योग पक्षले उद्योग स्थापना गर्दा पालना गर्नुपर्ने शर्तपत्र लिई उपस्थित हुने भनिएको थियो । तर आलटाल गर्दै आएको उद्योगपक्षकै कारण प्रदुषण परिक्षणको प्रतिवेदन समेत प्रभावित भएको हुन सक्ने अडकल गरिन थालिएको छ ।

विवश भई हामी कडा कदम चाल्न बाध्य भएको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवले बताए । उनले भने निदाएको उद्योगपतिलाई जागा गराउन आज हामी असोज १६ गते विहानै उद्योग क्षेत्रमा वृहत विरोध जुलुस निकालेका छौं । विरोध जुलुसमा प्रदुषण प्रभावित क्षेत्र प्रतापपुर, गूठी सुर्यपुरा, गूठी परसौनी, पकलिहवा र नरसही गरि ५ गाविसका एक दर्जन बढी गाउंका १ हजार बढी स्थानीयवासी महिला, पुरुषको सहभागी भएका छन् ।
जुलुस गूठी परसौनी गाविसको वडा नं. ७ पिपरपाती बजार चोकबाट शुरु भई प्रतापपुर गाविस वडा नं. ६ बद्रीघाट परिक्रमा गर्दै फेरी पिपरपाती बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सञ्चारकर्मी वृजराज कुशवाहा, जयराम यादव र गुलाब चौधरीले प्रदुषण तत्काल नियन्त्रण नगरे डिष्टिलरी बन्द गर्नुपर्ने बताएका थिए ।
उद्योगले वायु, जल, ध्वनी र माटो समेत प्रदुषित बनाएको छ । उद्योगले साउन ७ गते राती डील काटेर फोहोर पानी थुपारेको पोखरीको पानी किसानको खेतमा बगाएपछि सयौं किसानका हजारौं विगहामा लगाईएका धान, उखु र केरा लगायतका कृषिबाली नष्ट भएको थियो । उद्योग पक्षले आफुले रातीमा फोहोर पानी बगाएको स्विकारी सकेको छ ।

प्रमुख जिल्ला अधिकारीसंगको साउन २७ गतेको छलफलमा उद्योगका कर्मचारी प्रहलाद यादवले रातीमा फोहोर पानी थुप्रेको पोखरीको डिल काटेर पानी किसानको खेतमा बगाएको बयान दिएका थिए । उद्योगका महाप्रबन्धक एस पी शुक्लाले उद्योग पुर्वाधार नै तयार नगरी उद्योगपतिले डिष्टिलरी संचालनमा ल्याएकाले फोहोर पानी शुद्धिकरणको कार्य नगरि पानी बाहिर बगाईएको स्विकारेका थिए ।












Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day