एकवर्षमा नवलपरासीबाट २० हजारले राहदानी लिए



नवलपरासी जिल्लामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको सूचना केन्द्रमा पांच महिनाको अवधिमा ४७ वटा वैदेशिक रोजगार सम्बन्धिका घटना दर्ता भएका छन् । जसमा ६ वटा मृत्यु, २१ वटा ठगि छन् भने २० जनाको उद्धार सम्बन्धि रहेका छन् । 
बैदेशिक रोजगारमा जानेलाई वैधानिक र सुरक्षित वनाउने उद्देश्य सहित सञ्चालन गरिएको परियोजनालाई वर्दघाट नगरपालीकाको इन्द्रेणी सामाजिक विकास मञ्च र गैडाकोटस्थित हिमालयन सामुदायीक विकास मञ्च (हिकोडेफ)ले जिल्लाका ६ नगरपालीका सहित २ वटा गाविसमा कार्यक्रम शुरु गरेका छन् । 
हिकोडेफले सूचना केन्द्र स्थापना गरि कार्यक्रम सञ्चालन गरेको छ भने इन्द्रेणीले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।  कावासोतीमा सूचना केन्द्र स्थापना गरि परामर्श सेवा शुरु गरेको गैडाकोटस्थित  े हिकोडेफले फागुन देखि असार सम्म केन्द्रमा दर्ता गराएका मध्ये तिन जना मृत्यु भएका परिवारले क्षतिपुर्तीको रकम पाएको र बांकी तिन जनाको पहल भईरहेको जनाएको छ  
परियोजनाका कार्यक्रम संयोजक रितुराम सोतिका अनुसार विदेशमा मृत्यु भएका ६ मध्ये एक जना म्याग्दीका छन् भने अरु ५ जना नवलपरासीका हुन । मृत्यु हुनेमा प्रगतिनगर, शिवमन्दिर र धोवादीका परिवारले क्रमशः ६ देखि ८ लाख सम्म गरि कुल २३ लाख ५० हजार क्षतिपूर्ती पाएका छन । मृतक मध्ये रामग्राम नगरपालीका र बडहरादुवौलियाको बारेमा पहल भईरहेको सोतीले बताउनुभयो ।  
ठगि सम्बन्धि दर्ता भएका घटनाको पहल गरे अनुसार हाल सम्म एकजनाले ४५ हजार रुपैया फिर्ता पाएका छन् भने जेलमा परेका र दुर्घटनामा परि अंगभंग भएको भन्दै उद्धारका लागि सूचना केन्द्रमा अपिल गरेका मध्ये अंगभंग भएका २ जनालाई क्षतिपूर्ती वापत कुल १ लाख ६८ हजार रुपैया उपलव्ध गराईएको सोतीले बताउनुभयो ।  

  हेल्भेटासस्वीस इन्टरकोअपरेशनको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमलाई क्रमश अन्य गाविसमा पनि विस्तार गरिने संस्थाहरुले जनाएका छन् । । जिल्लाबाट वार्षिकरुपमा २० हजारको हाराहारीमा राहदानी वनाउने गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।  
परासी,२७ असार ०७१

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day