नवलपरासीमा आगलागी, ५ लाखको क्षति


वृजराज कुशवाहा, नवलपरासी
गाउमा रहेको एक विद्युत ट्रान्फर्मरबाट सल्केको आगोले नवलपरासी जिल्लाको सोमनी गाउमा ५० घर जलेको छ भने ५ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दिउसो करीब सवा चार बजेको समयमा सल्केको आगोले सोमनी गाविस वडा नं. ६  का ५ परिवारको ५० वटा घरटहरा जलेको छ । विजुलीको पोलमा राखिएको विद्युत ट्रान्सफर्मरको प्यानल बोर्डमा जडान ग।िएको फ्यूज बक्समा सर्ट सर्किट भएकोले उछिट्टिएको आगो नजिकैको फुसको घरमा सल्केको गाउलले बताए । आगलागीले स्थानीय हरिहर हरिजन, विनेसरी हरिजन, तुलसी हरिजन, रामदवन हरिजन र झगरु गुप्ताको घर र घरमा भएको कपडा लत्ता तथा नगद समेत जलेको बताएका छन् ।
पीडितले घटनास्थलमा दिएको जानकारी अनुसार हरिहर हरिजनको २ घरगोठ र त्यसमा रहेको पंपींगसेट चारार मेशीन, साईकल र लत्ताकपडा गरि करीब १ लाखको क्षति भएको छ । जसले उनको परिवारका ६ जना सदस्य छिमेकीको घरमा आश्रय लिएका छन् । त्यस्तै विनेशरी हरिजनको ४ वटा घरगोठ तथा त्यसमा रहेको साईकल, ५० हजार नगदी, लत्ताकपडा गरि १ लाखको क्षति भएकोले उनका घरपरिवारका १० जना सदस्य विचललीमा परेका छन् । त्यस्तै, आगलागीले तुलसी हरिजनको पानी तान्ने १ वटा मोटर र केही काठ गरि रु. ४० हजारको क्षति भएको दावी गरेका छन् ।
आगलागीले संगै रहेको रामदवन हरिजनको २ वटा घरगोठ जल्दा १० हजार नगद, साईकल र लत्ताकपडा गरि २ लाख बराबरको क्षति भएको बताएका छन् । जसले उनका परिवारको ७ जना पीडित बनेका छन् । र सोही आगलागीले झगरु गुप्ताको पसल रहेको काठको टंकीमा रहेको केही सामान टंकी तथा घरभित्रको गहु पनि आगो रापले क्षतिग्रस्त हुदा रु. ५० हजारको क्षति भएको जनाएका छन् ।
आगलागीपछि आएको दमकल, स्थानीयवासीन्दा, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा करीब साढे घन्टा लगाएर आगो नियन्त्रण गर्न सकिएको हो । आगलागी हुदा नजिकै रहेको महेन्द्र मावि सोमनीमा भएको अभिभावक भेलाका सहभागिले आगो निभाउनमा सक्रिय सहयोग निर्वाह गरेको स्थानीवासीन्दाले बताएका छन् ।
                                     वृजराज कुशवाहा चैत २९ घटनास्थलबाट
...................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day