नवलपरासीमा आगलागी, ५ लाखको क्षति


वृजराज कुशवाहा, नवलपरासी
गाउमा रहेको एक विद्युत ट्रान्फर्मरबाट सल्केको आगोले नवलपरासी जिल्लाको सोमनी गाउमा ५० घर जलेको छ भने ५ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दिउसो करीब सवा चार बजेको समयमा सल्केको आगोले सोमनी गाविस वडा नं. ६  का ५ परिवारको ५० वटा घरटहरा जलेको छ । विजुलीको पोलमा राखिएको विद्युत ट्रान्सफर्मरको प्यानल बोर्डमा जडान ग।िएको फ्यूज बक्समा सर्ट सर्किट भएकोले उछिट्टिएको आगो नजिकैको फुसको घरमा सल्केको गाउलले बताए । आगलागीले स्थानीय हरिहर हरिजन, विनेसरी हरिजन, तुलसी हरिजन, रामदवन हरिजन र झगरु गुप्ताको घर र घरमा भएको कपडा लत्ता तथा नगद समेत जलेको बताएका छन् ।
पीडितले घटनास्थलमा दिएको जानकारी अनुसार हरिहर हरिजनको २ घरगोठ र त्यसमा रहेको पंपींगसेट चारार मेशीन, साईकल र लत्ताकपडा गरि करीब १ लाखको क्षति भएको छ । जसले उनको परिवारका ६ जना सदस्य छिमेकीको घरमा आश्रय लिएका छन् । त्यस्तै विनेशरी हरिजनको ४ वटा घरगोठ तथा त्यसमा रहेको साईकल, ५० हजार नगदी, लत्ताकपडा गरि १ लाखको क्षति भएकोले उनका घरपरिवारका १० जना सदस्य विचललीमा परेका छन् । त्यस्तै, आगलागीले तुलसी हरिजनको पानी तान्ने १ वटा मोटर र केही काठ गरि रु. ४० हजारको क्षति भएको दावी गरेका छन् ।
आगलागीले संगै रहेको रामदवन हरिजनको २ वटा घरगोठ जल्दा १० हजार नगद, साईकल र लत्ताकपडा गरि २ लाख बराबरको क्षति भएको बताएका छन् । जसले उनका परिवारको ७ जना पीडित बनेका छन् । र सोही आगलागीले झगरु गुप्ताको पसल रहेको काठको टंकीमा रहेको केही सामान टंकी तथा घरभित्रको गहु पनि आगो रापले क्षतिग्रस्त हुदा रु. ५० हजारको क्षति भएको जनाएका छन् ।
आगलागीपछि आएको दमकल, स्थानीयवासीन्दा, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा करीब साढे घन्टा लगाएर आगो नियन्त्रण गर्न सकिएको हो । आगलागी हुदा नजिकै रहेको महेन्द्र मावि सोमनीमा भएको अभिभावक भेलाका सहभागिले आगो निभाउनमा सक्रिय सहयोग निर्वाह गरेको स्थानीवासीन्दाले बताएका छन् ।
                                     वृजराज कुशवाहा चैत २९ घटनास्थलबाट
...................................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी