देशकै उच्च आर्सेनिक नवलपरासीमा



 देशको सबैभन्दा बढी आर्सेनिक रहेको जिल्ला नवलपरासीका वासीन्दालाई यसको असरबाट बचाउनका लागि मिनी आर्सेनिक ब्लान्केट परिक्षण गरिएको छ । जिल्लामा रहेको १ हजार ४ सय पीपीबी आर्सेनिकको मात्रा नेपालमा सबैभन्दा बढी हो ।
स्थानीयवासीन्दालाई सचेत गराई नियन्त्रणका उपाय अपनाउनु नै वेश होला भन्ने उद्धेश्यका साथ लागु भएको यस कार्यक्रममा जिल्ला विकास समिति नवलपरासीले विभिन्न सहयोगी संस्थाहरुलाई साथमा लिई मंसीर १ गतेदेखि कार्यक्रम थालेको जिविस वास यूनिट ईन्जिनियर अरविन्द कुमार श्रेष्ठले बताएका छन् ।
उनका अनुसार मानिसलाई चाहिने आवश्यक खानेकुरामध्ये सबैभन्दा बढी मात्रामा पानीको प्रयोग हुन्छ तर पिईरहेको पानीको अवस्थाबारे थाहा नहुदा मानिस जानीनजानी मन्दविष सेवन गरीराखेको हुन्छ । बचाउका उपायबारे धेरैलाई थाहा नहुन सक्छ । र राज्यले पनि यसको प्रभावबाट जोगाउने  काम पर्याप्त मात्रमा गर्न नसकेको बताए ।
यसको असर भइसकेपछि देखा पर्ने लक्षणबारे बताउदै जिल्ला विकास समिति नवलपरासीका वास ईन्जिनियर श्रेष्ठले खासगरी तराइृको समथर फाट, पहाडको तल्लो भेगको भूमिगत पानीमा आर्सेनिकको बढी मात्रा पाइृन्छ । तर यो कुरा सबैलाइृ थाहा नभएको कारण पानी पिउनेहरु यस मन्द विषको शिकार हुदैछन् भने । स्वास्थ्य र सरसफाइृ क्षेत्रमा काम गर्ने केही गैरसरकारी संस्थाहरुले आर्सेनिक परिक्षणका काम अगाडि बढाएको तथा बेलाबखतमा गर्ने गरेको अवस्थामा राज्य पनि अब सरिक हुन थालेको छ ।

नवलपरासीमा जिविसले केही गैर सरकारी संस्थाहरुसंग मिलेर २ गाविसमा परिक्षणको काम थालेको छ ।
जिल्लाको बैदौली र प्रतापपुर गाविसमा प्रयोगमा रहेका ईनार समेत हैण्डपाईप, स्यालो वा डीप ट्रयुबवेल लगायतका खानेपानीका स्रोतको पानी परिक्षणको काम थालिएको छ । खानेपानीको कुनै पनि स्रोतहरु परिक्षण हुनबाट छुटन नपाउने गरी यस कार्यक्रमलाई मिनी आर्सेनिक ब्लान्केट परिक्षण नाम दिईएको हो । परिक्षण गर्न खटिएका कार्यकर्ताले ५० पीपीबी भन्दा बढी मात्रा पाइृने पानीको स्रोतमा पानी पिउन नहुने जनाउनका लागि क्रस चिन्ह लगाईदिने र ५० पीपीबी भन्दा कम मात्रा पाइृने पानीको स्रोतमा पिउन हुने जनाउनका लागि सही चिन्ह लगाईदिने काम गरेका छन् । वातावरण र जनस्वास्थ्य संस्था नवलपरासीका शाखा प्रबन्धक ज्ञान प्रकाश यादवले रेकर्ड तयार पार्नुका साथै एकै पटकमा उपभोक्तालाई समेत सचेत गराउने काम संगसंगै थालिएको बताउनुहुन्छ ।
बैदौली गाविस ४ धर्मौलीमा आर्सेनिक परिक्षण गर्न खटिएको टीमका लीडर विष्णु पसाद घिमिरेले अहिलेसम्म खानेपानीको हैण्डपाईपमा १ सय पीपीबीसम्म आर्सेनिकको मात्रा भेटिएको बताए । बैदौली २ मा रहेको मदरसा अनवारुल ओलुम नामक मदरसामा विद्यार्थीले पानी पिउने हैण्डपाइपमा सो स्तरको आर्सेनिक भेटिएकोले मदरसाको पाईपलाई तत्काल बन्द गर्न मदरसा प्रशासनलाई सुझाव दिएको बताए ।
जिविसले आर्सेनिक परिक्षणका लागि जिल्लाको दुबै गाविसमा परिक्षण गर्न यस्ता ९ वटा परिक्षण टीम खटाएको छ । खटिएको एक टीमका लीडर तथा एन्फोका कमिटी मोटीभेटर राजेन्द्र महतोले फील्टर बाहेक हरेक स्रोतको पानी परिक्षण गरी उपभोक्तालाई सचेत गराउनुका साथै एक प्रमाणपत्र समेत दिने गरेको बताए ।                

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day