नेकपा एमालेबाट नेताहरू अलग्गिन थाले ।


संघीयताबारे पार्टी नीतिप्रति असन्तुष्ट भई एमाले छाड्ने भन्दै आएको उपाध्यक्ष अशोक राई नेतृत्वको समूहले बिहीबार औपचारिक रूपमै पार्टी परित्यागको घोषणा गरेको छ । 

उपाध्यक्ष राईसहित ६ केन्द्रीय सदस्य, दर्जन पूर्वसांसदका साथै केही कार्यकर्ताले राजधानीमा आयोजित कार्यक्रममा एमाले छाडेको घोषणा गरेका हुन् । सुरुमा राईकै समूहमा रहेर पार्टी त्याग्ने भन्दै आएका पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र
 झा, केन्द्रीय सदस्यहरू किरण गुरुङ र दलबहादुर रानालगायत भने एमालेभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकाल्दै यसैसातादेखि पूर्ववत् जिम्मेवारीमा फर्किइसकेका छन् ।
त्याग घोषणा गर्नेमा वैकल्पिक पोलिटब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर लामा र वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, पूर्वसांसदहरू रिजवान अन्सारी, गोपाल ठाकुर, मंगलसिद्घ िमानन्धर, हेमराज राई, रणध्वज कन्दङ्वा, राजकुमार राई, उर्मिला साह, हितकाजी गुरुङ, जोगीलाल यादव, मझिलाल थारू थनैत, लक्की शेर्पा र भगवती चौधरी छन् । पूर्वसांसद पासाङ शेर्पाले यसअघि नै राजीनामा दिइसकेका छन् । 

आयोजकले कार्यकर्ताहरूसहित ५ सय १७ जनाले पार्टी त्यागेको दाबी गरेको छ । 
नेता राईले वैकल्पिक राजनीति शक्ति निर्माणका लागि एमालेबाट बाहिरिएको बताए । 'यो परित्याग राजनीतिबाट पलायन हुनका लागि होइन' उनले भने, 'नेपाली राजनीतिमा देखिएको विकल्प शक्ति निर्माणका लागि हो ।' उनले पार्टी परित्यागको सामूहिक पत्र बाचन गर्दै 'ढुलमूले नीति, सत्तामोह, प्रतिगमन उन्मुख सोच, पहिचानविरोधी उच्च जातीय अहंकारवाद तथा निर्णय कार्यान्वयन गर्ने अविश्वासनीय र अवसरवादी चरित्रका कारण एमालेभित्र बसिरहनु उपयुक्त नदेखिएको' उल्लेख गरेका छन् । 

झन्डै ४५ मिनेट सभामा बोलेका राईले आफूहरू जातिवादी नभएको स्पष्कीकरण दिन धेरै समय खर्चिए । 'सबै जनता पहिचानसहित बाँच सकुन् भन्ने हाम्रो चाहना हो तर हामीलाई जातिवादको आरोप लगाइएको छ,' उनले भने, 'सबै जाति, भाषा, धर्मको समानतालाई अस्वीकार गर्नेहरू नै जातिवादी हुन् ।' 

अर्का नेता विजय सुब्बाले एमालेभित्रै अन्तरसंघर्ष गर्ने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै 'गद्दार' को संज्ञा दिए । 'गुरुङको छोरा भएर खनालको पछि लागेर हिँड्नु आफ्नै छोराछोरीहरूविरुद्घ लाग्नुजत्तिकै हो,' नेता सुब्बाले भने । 'हामीले पार्टी मात्र खोल्न लागेका होइनौं, नयाँ शक्ति निर्माण गर्न लागेको हो' नेता राजेन्द्र श्रेष्ठले भने, 'यो वैचारिक र संगठनात्मक हिसाबले विलकुल नयाँ
हुनेछ ।'

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day