बाढिग्रस्त क्षेत्रमा सचेत रहनु नै महत्वपुर्ण उपाय हाे, केही टिप्सहरु उपयाेगी बन्न सक्छन्

१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।
२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस् । सरकारी तथा आपातकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।
३. एउटा टर्च साथमा राखिराख्नोस । रात परेपछि काम लाग्छ ।
४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।
५. बिरामी र उनीहरुको औषधि, वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।
६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।
७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।
८. बलिया र युवा साथिहरु पानी रोकिएपछि आवस्यक पर्ने उद्दारको लागि तयार रहनूस!
९. सर्पकाे जाेखिम हुने भएकाले सावधान रहनुस् ।
१०. यस्ता अवस्थामा अावश्यक पर्नेसहायता केन्द्रहरुकाे सम्पर्क नम्बरहरु जानी राख्नु वेश हुनेछ ।
११. सञ्चारकर्मीहरुसंगकाे नियमित सम्पर्कले तपाईलाई जानकार रहन मद्दत पुग्नेछ ।
यसमा साथै तपाईमाे अाफ्नै तवरकाे सजगता पनि तपाईकाे सुरक्षा कवच सावित हुनसक्छ । 

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day