४० दिनदेखि नवलपरासी बन्द, निषेधाज्ञाको म्याद आज फेरी थपियो, औषधि समेतको अभाव

                जिल्ला सुरक्षा समितिले नवलपरासीमा लगाउदै आएको निषेधाज्ञा आज विहिवार फेरी ७ दिनका लागि थप गरेको छ । सात दिन थप गरिएसंगै नवलपरासीमा निषेधाज्ञाको अवधि १ महिना पुगेको छ । सम्भावित घटनाको मध्येनजर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज परासीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज ७ गते राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी गरिएको बावजुद पनि आन्दोलित संयुक्त थरुहट मधेशी मोर्चाका कार्यकताले आज फेरी पनि निषेधाज्ञा तोडेका छन् । आज तेश्रो दिन निषेधाज्ञा तोडदै परासीको व्यस्त बजार बुद्धचोकमा टायर बालेका हुन् । टायर बालेका मोर्चाका कार्यकता तितरबितर भएपछि आएको प्रहरीले टायर उठाएर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् । मोर्चाका कार्यकर्ताले विगत ३ दिनदेखि निषेधाज्ञा तोडदै आएका मोर्चाका संयोजक मुकुरजी गिरीले जनाएका हुन् ।
आन्दोलनरत मोर्चाका कार्यकर्ता आज पनि निषेधित क्षेत्र बाहिर शान्तिचौर तथा बालगोबिन्द पेट्रोलपम्पमा प्रदर्शन गरीरहेका छन् । परासी बजार लगायतका स्थानहरुमा बन्दको प्रभाव देखिएको छ । सवारीसाधन नचलेका कारण गन्तब्यमा पुग्नका लागि यात्रुहरु पैदल र साइृकलमा हिंडेका देखिन्छन् । चाडबांडका बेला ओहोरदोहोरमा समस्या उत्पन्न भएको छ । बजार समेत विगत ४० दिनदेखिको बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताहरु हिजोदेखि बन्दलाई कडा पार्दै केही खुकुलो भएको बजार तथा आवागमन फेरी ठप्प बनाएका छन् । बन्दका कारण औषधि पसलमा औषधिको अभाव भएको छ भने अति आवश्यक दैनिक उपभोग्य सामाग्रीको मुल्य वृद्धि भएको छ । कृत्रिम अभाव सिर्जना गरिएका कारण खाना पकाउने गयांस पाउन छाडेको छ ।
नवलपुरको थारु बाहुल्य कोल्हुवा, नारायणी, प्रसौनी लगायतका गाविसहरु तालाबन्दी गरिएको छ भने दाउन्ने पश्चिम क्षेत्रका बन्दका अधिंकाश गाविस कार्यालयका साथै जिल्लाका केही कार्यालयहरु समेतमा थरुहट मधेश प्रदेश सरकार लेखिएको छ । आज गूठी परसौनी गाविस स्थित छोटी भनसार कार्यालय लगायतका सरकारी कार्यालयहरुमा समेत थरुहट मधेश प्रदेश सरकार लेख्ने काम भएको छ । शान्ति सुरक्षाको कायम गर्नका लागि ठाउंठाउंमा प्रहरी तैनात गरेको जिल्ला प्रशासनले नगरपालिकामा गस्ती बढाएको छ ।
.......................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day