मुस्कुराउँदै अदालतमा सिके राउत


मिथिलेश यादव

लहान मधेसलाई छुट्टै राष्ट्र बनाउनेअभियान चलाउँदै आएका चन्द्रकान्त राउत (सिके)लाई लहान प्रहरीले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ। म्याद थप भएपछि राउतमाथि इलाका प्रहरी कार्यालय लहानमा दर्ता रहेको राज्यविरुद्धको संगठित अपराध मुद्दामा कारबाही अघि बढ्नेछ।
म्याद थपका लागि राउतलाई सिरहा लान एउटा ट्रक चारवटा सुरक्षा भ्यान प्रयोग गरिएको छ। समर्थकबाट अवरोध हुन सक्ने आँकलन गर्दै प्रहरीले सुरक्षा घेरा बनाएको एक सुरक्षा अधिकारीले बताए। राउतलाई राखिएको चिपमा लहान प्रहरी प्रमुख(डिएसपी) राजकुमार केसी सवार थिए। अदालत जाने क्रममा राउत मुस्कुराउँदै प्रहरीको भ्यानमा चढेका थिए।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख(डिएसपी) राजकुमार केसीका अनुसार म्याद थपपछि राउतलाई पुनः इलाका प्रहरी कार्यालय लहानमै ल्याएर प्रमाण पुष्टिकालागि अनुसन्धान अगाडी बढ्छ। राउतविरुद्ध राज्य विप्लव होइन, राज्यविरुद्ध संगठित अपराध मुद्दा यस कार्यालयमा दर्ता , केसीले भने।
संगठन मोर्चा बनाएर कानुनविपरीत कार्य गरेकाले उक्त अभियोगमा कारबाही चलाइएको हो,’ केसीले भने, ‘अदालतबाट म्याद पाएपछि उनीविरुद्ध अन्य प्रमाण पनि जुटाउँछौं।
लहानमा माघ गते संगठित रुपमा कानूनविपरित देश टुक्रयाउने अभिव्यक्ति दिएको भन्दै लहान प्रहरीले राउतविरुद्ध राज्यविरुद्ध संगठित अपराध मुद्धा दर्ता गरेको हो। जिल्ला अदालतबाट सात दिन म्याद लिएर संगठित अपराध निवारण ऐन २०७० अनुसार कारबाही प्रक्रिया अघि बढाउँछौं,’ केसीले नागरिकन्युजसँग भने।    
यो मुद्धामा कारबाही अघि बढेपछि राउतमाथि लहानमा माघ गते दिएको अभिव्यक्तिलाई आधार बनाएर राज्य विप्लव मुद्दासमेत चलाउने लहान प्रहरीको तयारी छ।
नेपालबाट मधेसलाई अलग गर्नुपर्छभन्ने गतिविधि गरेको आरोपमा ०७१ भदौको दोस्रो साता पक्राउ परेका राउतलाई राज्यविप्लवको मुद्दामा कारबाही चलाइएको थियो। उक्त मुद्दामा राउतले सफाइ पाएका थिए। घटनास्थल फरक भएको उही मुद्दा अहिले पनि अदालतमा विचाराधिन डिएसपी केसीले भने राउतलाई बिहीबार दिउँसो जनकपुर स्थित डेराबाट धुनषा प्रहरीले पक्राउ गरी लहान प्रहरीको जिम्मा लगाएको थियो।
स्वतन्त्र मधेस अभियानका नाममा संगठन बनाउने, संगठित रुपमा कार्यक्रम सञ्चालन गर्ने राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता गरिएको डिएसपी केसीले भने। राउत केही वर्षदेखि मधेसमा छुट्टै राज्यका लागि स्वराजअभियान चलाइरहेका छन्। यसअघि पनि उनी प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन्।
अदालत लानेक्रममा हुनसक्ने विरोधलाई मध्यनजर गर्दै लहान प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। अदालत लैजाने क्रममा हुनसक्ने विरोधलाई मध्यनजर गर्दै यहाँको सुरक्षा सतर्कता बढाएका छौं,’ डिएसपी केसीले नागरिकन्युजसँग भने । साभार नागरिक न्युज

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day