नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

भुकम्पको असर नवलपरासीमा पनि परेको छ । भुकम्पको प्रभावले भौतिक क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ । 
भुकम्पबाट केही व्यक्ति घाइृते भएको खबर छ । जिल्ला प्रहरीका अनुसार ५ जना घाइृते भएका छन् । हरपूर गाविसमा एकै घरका २ जना बालिका घाईते भएको प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले जनाएका छन् । भुकम्पका कारण भागदौड गर्दा सुरेश बनियाको दुबै छोरीको टाउकोमा चोट लागेको हो । दुबैको अवस्था समान्य रहेको बताईएको छ ।
त्यस्तै, सुनवल नगरपालिको विशासयमा २ वटा घर भत्केको खबर छ । रामनगर गाविस २ बडेरामा पसल रहेको घर भत्केको र करीब २ लाखको क्षति भएको अनुमान गरिएको छ । 
नरसही गाविसमा २ वटा घरका पर्खाल भत्केको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जनाएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती गाविस भुजहवामा एक निर्माणाधिन घर भत्केको बताईएको छ ।
दुम्कीबास क्षेत्रमा घरगोठमा बढी क्षति भएको छ । जिल्ला प्रहरीका अनुसार हालसम्म आंशिक रुपमा ४२ घरगोठमा क्षति पुगेको छ । पुर्ण रुपमा ६ वटा घरगोठमा क्षति पुगेको अवस्था छ । 
अन्य कुनै मानवीय क्षति नभएपनि जिल्लाका दुर्गम पहाडी गाविसहरुबाट खबर आउन बाकी रहेको छ ।
विद्युत सेवा समेत अवरुद्ध बनेकाले धेरैका मोबाईल बन्द हुने अवस्था छन भने केही बेर नेटवर्क अवरुद्ध हुदा खबर आदानप्रदान समेत हुन नपाएपछि त्रास बढेको छ । भारत तथा नेपाल कै अन्य स्थानबाट फोन गरी खबर लिनेदिने क्रम बाक्लिएको अवस्था छ ।  
भुकम्प लगातार २ पटक आएकाले त्रासको अवस्था छ । भुकम्प फेरी पनि आउने हो कि डरले मानिस डराईरहेको अवस्था छ । तिब्र गतिमा आएको यो भुकम्प धेरैले आफनो जीवनको पहिलो पटक महशुस गरेको प्रतिक्रिया दिएका छन् । काठमाण्डौंमा बढी क्षति भएको सुने पछि काठमाण्डौंमा रहेका आफना आफन्तलाई फोन गरी खबर लिने र सुरक्षित रहन सुझाव दिईरहेको पाईन्छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day